Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

आँचल साहित्य कला पुञ्जले १० जनालाई पुरस्कृत तथा सम्मान गर्ने

151778276_129087365764061-1613780380.jpg

८ मकवानपुर, हेटौंडा । मकवानपुरमा रहेको नारी साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जले साहित्य लगाएत विभिन्न क्षेत्रका १० जनालाई पुरस्कृत तथा सम्मान गर्ने भएको छ । 
यही फागुन २२ गते विशेष साहित्यिक कार्यक्रमको आयोजना गरी पुरस्कार तथा सम्मान गरिने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो । पत्रकार सम्मेलन मार्फत आँचलले शुक्रबार सम्मानित तथा पुरस्कृत हुनेहरुको नाम सार्वजनिक गरेको छ । 
आँचलले फागुन २२ गते हुने कार्यक्रममा १० हजार १ राशीको बालकुमारी–जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान चितवन निवासी समाचालोक÷कवि ज्ञानु अधिकारीलाई प्रदान गरिने भएको छ । यस्तै १० हजार १ राशीको प्रतिभा धिताल छन्द पुरस्कार नवलपरासी निवासी कृष्णदेवी शर्मालाई प्रदान गर्ने गरिने भएको छ । 
७ हजार ५ सय रुपैयाँ राशीको ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान पत्रकार प्रताप बिष्टलाई, ११ हजार १११ रुपैयाँ राशीको टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार मकवानपुरे साहित्यकार निमेष निखिललाई, १५ हजार १ राशीको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान काठमाडौं निवासी कवि प्राज्ञ लक्ष्मी मालीलाई प्रदान गरिने कार्यवाहक अध्यक्ष अनिता न्यौपानेले जानकारी दिईन् । 
यसैगरी ३ हजजार ५ सय रुपैयाँ राशीको मंगलादेवी श्रेष्ठ बाल प्रतिभा पुरस्कार सम्मान अमर माविमा अध्ययनरत् प्रज्वल ढुंगानालाई ५ हजार १ राशीको वनस्खण्डी खड्ग पौडेल प्रतिभा सम्मान मकवानपुरे साहित्यकार रामचन्द्र आचार्य (फूर्सती)लाई प्रदान गरिने भएको छ । 
५ हजार १ राशीकै मुक्ति–तारा नवप्रतिभा सम्मान मकवानपुरे नवप्रतिभा प्रसिद्धिका लम्साललाई, १० हजार राशीको सुन्तलीमाया श्रेष्ठलाई, युवा प्रतिभा सम्मान मकवानपरे साहित्यकार सुवास खनाललाई र आँचल साहित्य कला पुञ्ज मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आएको आँचल सम्मान कलाकार चित्रकार सूर्य सन्यासीलाई प्रदान गरिने भएको छ । यसको राशी नगद ५ हजार रुपैयाँ रहेको छ । 
फागुन २२ गते विशेष कार्यक्रमकाबीच सम्मान तथा पुरस्कार वितरण गरिने कला पुञ्जका कार्यबाहक अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार