Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मकवानपुरे बक्सिङ खेलाडी काठमाडौँ प्रस्थान

Screenshot_20210228-13255-1614498167.jpg

१६ फागुन,हेटौंडा ।  मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् ।वीर गणेशमान सिंह स्मृति बागमति प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा सहभागिता जनाउन मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं लागेका हुन।

जिल्ला बक्सिङ संघ मकवानपुरका अध्यक्ष दीपेश जोशी,प्रशिक्षक लालबहादुर पौडेलसहित पाँच जना खेलाडी आइतबार काठमाडौं प्रस्थान गरेका हुन् । 

फागुन १७ गतेदेखि २२ गतेसम्म काठमाडौंमा सञ्चालन हुने  प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमानको स्मृतिमा आयोजित प्रतियोगितामा मकवानपुरबाट अनन्त ओझाले ४९ केजी तौल समूहमा, बुद्ध तितुङले ५२ केजी तौल समूहमा,  महेन्द्र राईले ५६ केजी तौल समूहमा, सुचितध्वज कार्कीले ६० के.जी तौल समूह र निश्चल विष्टले ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले चार हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको लागि हेटौंडा ५ निवासी माधवकुमार न्यौपानेले आफ्नो पिता स्वर्गीय हरिप्रसाद न्यौपानेको स्मृतिमा खेलाडी तथा प्रशिक्षकलाई २५ हजार रुपैयाँ, सानोपोखरा निवासी तथा खेलकुदप्रेमी विनोद महतले यातायात खर्च १० हजार रुपैयाँ,पूर्व कराते खेलाडी प्रकाश श्रेष्ठले खाजा खर्चको लागि ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।खेलाडी बिदाई कार्यक्रममा प्रतियोगिताका व्यवस्थापक सुशिल घिमिरे,  जिल्ला बक्सिङ संघ मकवानपुरका सदस्य रोशिक श्रेष्ठलगायत पदाधिकारीको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार