२२ फागुन, हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरले यही फागुन २८ र २९ गर्ने विशेष कार्यक्रमकाविच यस वर्ष प्रदान गरिने १५ वटा पुरस्कार सार्वजनिक गरेको छ । बर्षेनी भाषा, साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनेलाई पुरस्कृत गर्दै आएको मातृभूमिले शुक्रबार पत्रकार सम्मेलन मार्फत यस वर्ष प्रदान गरिने १५ वटा पुरस्कार सार्वजनिक गरेको हो ।
भाषा, साहित्य कला र संस्कृतिको संरक्षण एवम् सर्वद्धनहो हेतुले स्थापना गरिएको मातृभूमिले बर्षेनी प्रदान गरिँदै आएको पुरस्कारलाई निरन्तरता दिइएको जनाएको छ । मातृभूमिका अध्यक्ष माधव पोख्रेलका अनुसार यसवर्षको ‘मातृभूमि राष्ट्रिय पुरस्कार–२०७७’ नगद २५ हजारसहित नाटककार सुनिल पोखरेल निशा शर्मा पोखरेल काठमाडौंलाई प्रदान गरिने भएको छ । यस्तै १५ हजार राशीको ‘इश्वरी स्मृति–मातृभूमि पुरस्कार–२०७५’ गजलकार पुष्प अधिकारी चितवन र २०७६ मिथिला नाट्यकला परिषद् जनकपुरलाई प्रदान गरिने भएको छ ।
समाजले २० हजार राशीको ‘नित्य गोविन्द स्मृति–मातृभूमि संगीत पुरस्कार–२०७६’ बाबु क्षेत्री मकवानपुरलाई, १५ हजार राशीको ‘श्याम श्रेष्ठ स्मृति–मातृभूमि पुरस्कार–२०७६’ बरिष्ठ समाजसेवी राजकुमार सिधी वीरगंजलाई, ११ हजार राशीको ‘होमनाथ बलदेवी–मातृभूमि छन्द साहित्य सम्मान–२०७७’ साहित्यकार केशवराज आमोदी चितवनलाई, २१ हजार राशीको ‘मायादेवी–मातृभूमि पुरस्कार–२०७७’ बालकथाकार कवि अनुराधा शर्मा काठमाडौंलाई, १५ हजार राशीको ‘शेखर शर्मा रिजाल–मातृभूमि शैक्षिक पुरस्कार–२०७६’ प्रा.डा. नारायणप्रसाद खनाल चितवनलाई प्रदान गरिने मातृभूमिले जनाएको छ ।
यसैगरी १५ हजार राशीको ‘शेखर शर्मा रिजाल–मातृभूमि शैक्षिक पुरस्कार–२०७७’ सुवर्णबहादुर थापा इटहरीलाई, १० हजार राशीको ‘हातेमालो–मातृभूमि युवा र्सिजनशिल साहित्य सम्मान–२०७७’ साहित्यकार सुवास खनाल मकवानपुरलाई, १५ हजार राशीको ‘क्षेत्रबहादुर स्मृति–मातृभूमि सम्मान–२०७७’ साहित्यकार कवि डा.गणेश पौडेल मकवानपुरलाई, १५ हजार राशीको ‘राजकुमार स्मृति–मातृभूमि सम्मान–२०७७’ साहित्यकार कृष्ण बिक्रम राणालाई प्रदान गरिने भएको छ ।
यस्तै गोहाटी आसाम भारतलाई, ७ हजार ५ सय राशीको ‘केशवलाल स्मृति–मातृभूमि पत्रकारिता पुरस्कार–२०७७’ पत्रकार सुवर्णलाल श्रेष्ठ मकवानपुरलाई, ७ हजार ५ सय एक राशीको ‘झलक बहादुर बानियाँ स्मृति जीवन संघर्ष–मातृभूमि सम्मान–२०७७’ बिसु लामा हेटौंडा–११ मकवानपुरलाई र ७ हजार ५ सय राशीको ‘मंगलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान–२०७७’ अमर मावि हेटौंडामा कक्षा १० मा अध्ययनरत दिव्या चौलागाईंलाई प्रदान गरिने अध्यक्ष पोख्रेलले जानकारी दिए ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



