Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नगर कप महिला तथा पुरुष भलिवलमा वडा नम्बर १९ र १७ विजयी

158261079_245639647239702-1615079750.jpg

२३ फागुन, हेटौंडा । शनिवार हेटौंडामा सम्पन्न भएको नगर कप महिला तथा पुरुष भलिवल प्रतियोगिताको उपाधि पुरुषतर्फ हेटौंडा उपमहानगरापालिका वडा नम्बर १७ र महिलातर्फ वडा नम्बर १९ ले जितेको छ । 
केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको शनिवार सम्पन्न फाइनल भिडन्तमा पुरुषतर्फको खेलमा वडा नम्बर १७ ले ११ लाई २५–१५, २५–२३ र २५–१३ को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । यसअघि वडा नम्बर १७ ले वडा नम्बर १९ लाई र वडा नम्बर ११ ले वडा नम्बर ५ लाई हराउँदै फाइनल भिडन्त पक्का गरेका थिए । 
यस्तै महिलातर्फको उपाधिका लागी वडा नम्बर १९ ले वडा नम्बर १७ लाई २५–२३, २५–८ र २५–१७ को सोझो सेटमा हराएको हो । यसअघि वडा नम्बर १९ ले वडा नम्बर १२ लाई र वडा नम्बर १७ ले वडा नम्बर ९ वडालाई सेमिफाइनलमा हराउँदै फाइनल भिडन्त पक्का गरेका थिए । 
प्रतियोगिता अन्तर्गत पुरुष तर्फको खेलमा सर्वोत्कृष्ट खेलाडी १७ नम्बर वडाका सुमन नेपाल घोषित हुँदा, उत्कृष्ट डिफेण्डर ११ नम्बर वडाका ऋतिक बर्तौला, उदयमान खेलाडी १९ नम्बरका सुवास सुवेदी, उत्कृष्ट लिफ्टर १७ का दामोदर सुवेदी, उत्कृष्ट स्पाइकर ११ का राजेश घिमिरे, ब्लकर १७ कै विवेक माझी र उत्कृष्ट प्रशिक्षक १७ नम्बर वडाकै त्रिविक्रम रुपाखेती घोषित भए ।
यसैगरी महिला तर्फको सर्वोत्कृष्ट खेलाडी १९ नम्बर वडाका सपना बस्नेत, डिफेण्डर १७ का सन्ध्या खड्का, उदयमान खेलाडी १९ का सरिता तितुङ, उत्कृष्ट लिफ्टर १९ का झरना मोक्तान, स्पाइकर १७ का सन्तोषी सुवेदी र उत्कृष्ट प्रशिक्षक १९ का राजु घले घोषित भए ।
प्रतियोगिताको महिला र पुरुषका विजेता समूहले नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने विधागत रुपमा उत्कृष्ठ हुने खेलाडीले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् ।
 

157787248_468662124259072-1615077337.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार