Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

शहीद स्मृति गोल्डकपः मकवानपुरको विजयी सुरुवात

20210311_191106-1615469452.jpg

२७ फागुन, हेटौंडा । हेटौंडामा सुरु भएको स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक मकवानपुर ११ विजयी भएको छ ।
बिहिबार भएको उद्घाटन खेलमा अयोजक मकवानपुरले बाराको नवजनजागृति युवा क्लब सिमरालाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।
मकवानपुरको जितका लागि विमल रानाले दुई तथा रञ्जन विष्ट र अमिर श्रेष्ठले एक/एक गोल गरे । यस्तै नवजनजागृति युवा क्लबका तर्फबाट मोहित गुरुङले सान्त्वन एक गोल फर्काए ।
खेलको म्यान अफ दी म्याच मकवानपुर ११ का विमल राना भए । उनले नगद दशहजार रुपैयाँ प्राप्त पुरस्कार गरे ।
मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा आयोजना भएको तेस्रो संस्करणको फुटबल प्रतियोगिताको उद्घाटन हाँस्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले गरेका थिए ।
जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाको अध्यक्षतामा भएको उद्घाटन कार्यत्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहनागरपालिकाका मेयर हरि बहादुर महत, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, खेलका संयोजक प्रताप विष्ट लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतियोगिताअन्तर्गत शुक्रबार नेपाल आर्मी क्लब र जावलाखेल युथ क्लबबीच खेल हुनेछ । चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक विदेशीसहित छ वटा ए डिभिजन, आयोजक र दुईवटा मोफासलका क्लब गरी दश टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार