२९ फागुन, हेटौंडा । मातृभुमी साहित्य समाज मकवानपुरले शुक्रबार एक कार्यक्रमबीच विभिन्न विधामा १५ जना श्रष्टाहरुलाई साहित्य सम्मान तथा पुरस्कार प्रदान गरेको छ । भाषा, साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पु¥याएकाहरुलाई सम्मान एवम् पुरस्कृत गर्दै आएको मातृभूमिले शुक्रबार एक कार्यक्रमबा बीच १५ श्रष्टालाई सम्मान गरेको हो ।
समाजले नगद २५ हजार रुपैयाँको ‘मातृभूमि राष्ट्रिय पुरस्कार–२०७७’ नाटककार सुनिल पोखरेल र निशा शर्मा पोखरेललाई प्रदान गरिएको छ । यस्तै १५ हजार राशीको ‘इश्वरी स्मृति–मातृभूमि पुरस्कार–२०७५’ चितवनका गजलकार पुष्प अधिकारी र २०७६ मिथिला नाट्यकला परिषद् जनकपुरलाई प्रदान गरिएको छ ।
यसैगरी समाजले २० हजार राशीको ‘नित्य गोविन्द स्मृति–मातृभूमि संगीत पुरस्कार–२०७६’ मकवानपुरका बाबु क्षेत्रीलाई, १५ हजार राशीको ‘श्याम श्रेष्ठ स्मृति–मातृभूमि पुरस्कार–२०७६’ वीरगञ्जका वरिष्ठ समाजसेवी राजकुमार सिधीलाई, ११ हजार राशीको ‘होमनाथ बलदेवी–मातृभूमि छन्द साहित्य सम्मान–२०७७’ चितवनका साहित्यकार केशवराज आमोदीलाई, २१ हजार राशीको ‘मायादेवी–मातृभूमि पुरस्कार–२०७७’ काठमाडौंका बालकथाकार कवि अनुराधा शर्मालाई र १५ हजार राशीको ‘शेखर शर्मा रिजाल–मातृभूमि शैक्षिक पुरस्कार–२०७६’ चितवनका प्रा.डा.नारायणप्रसाद खनाललाई प्रदान गरिएको छ ।
यस्तै १५ हजार राशीको ‘शेखर शर्मा रिजाल–मातृभूमि शैक्षिक पुरस्कार–२०७७’ इटहरीका सुवर्णबहादुर थापालाई, १० हजार राशीको ‘हातेमालो–मातृभूमि युवा र्सिजनशिल साहित्य सम्मान–२०७७’ मकवानपुरका साहित्यकार सुवास खनाललाई, १५ हजार राशीको ‘क्षेत्रबहादुर स्मृति–मातृभूमि सम्मान–२०७७’ मकवानपुरका साहित्यकार कवि डा.गणेश पौडेललाई, १५ हजार राशीको ‘राजकुमार स्मृति–मातृभूमि सम्मान–२०७७’ गोहाटी आसाम भारतका साहित्यकार कृष्ण बिक्रम राणालाई र ७ हजार ५ सय राशीको ‘केशवलाल स्मृति–मातृभूमि पत्रकारिता पुरस्कार–२०७७’ मकवानपुरका पत्रकार सुवर्णलाल श्रेष्ठलाई प्रदान गरिएको छ ।
कार्यक्रममा ७ हजार ५ सय एक राशीको ‘झलक बहादुर बानियाँ स्मृति जीवन संघर्ष–मातृभूमि सम्मान–२०७७’ हेटौंडा–११ का बिसु लामालाई र ७ हजार ५ सय राशीको ‘मंगलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान–२०७७’ अमर मावि हेटौंडामा कक्षा १० मा अध्ययनरत दिव्या चौलागाईंलाई प्रदान गरिएको छ ।
समाजका अध्यक्ष माधव पोख्रेलको अध्यक्ष तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यतामा सम्मान प्रदान गरिएको हो । कार्यक्रममा वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेल, निशा शर्मा पोखरेल, मातृभूमि साहित्य समाजका संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष हयाग्रीव आचार्य, पूर्व अध्यक्ष देवराज खरेल, राजबाबु पहाडी लगायतको अतिथ्यता रहेको थियो ।
२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...













-1782436668.jpg)




