Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

मातृभूमि सहित्य समाजद्वारा हेटौंडामा १५ जना श्रष्टा सम्मानित

159656316_201464328431683-1615594960.jpg

२९ फागुन, हेटौंडा । मातृभुमी साहित्य समाज मकवानपुरले शुक्रबार एक कार्यक्रमबीच विभिन्न विधामा १५ जना श्रष्टाहरुलाई साहित्य सम्मान तथा पुरस्कार प्रदान गरेको छ । भाषा, साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पु¥याएकाहरुलाई सम्मान एवम् पुरस्कृत गर्दै आएको मातृभूमिले शुक्रबार एक कार्यक्रमबा बीच १५ श्रष्टालाई सम्मान गरेको हो । 
समाजले नगद २५ हजार रुपैयाँको ‘मातृभूमि राष्ट्रिय पुरस्कार–२०७७’ नाटककार सुनिल पोखरेल र निशा शर्मा पोखरेललाई प्रदान गरिएको छ । यस्तै १५ हजार राशीको ‘इश्वरी स्मृति–मातृभूमि पुरस्कार–२०७५’ चितवनका गजलकार पुष्प अधिकारी र २०७६ मिथिला नाट्यकला परिषद् जनकपुरलाई प्रदान गरिएको छ । 
यसैगरी समाजले २० हजार राशीको ‘नित्य गोविन्द स्मृति–मातृभूमि संगीत पुरस्कार–२०७६’ मकवानपुरका बाबु क्षेत्रीलाई, १५ हजार राशीको ‘श्याम श्रेष्ठ स्मृति–मातृभूमि पुरस्कार–२०७६’ वीरगञ्जका वरिष्ठ समाजसेवी राजकुमार सिधीलाई, ११ हजार राशीको ‘होमनाथ बलदेवी–मातृभूमि छन्द साहित्य सम्मान–२०७७’ चितवनका साहित्यकार केशवराज आमोदीलाई, २१ हजार राशीको ‘मायादेवी–मातृभूमि पुरस्कार–२०७७’ काठमाडौंका बालकथाकार कवि अनुराधा शर्मालाई र १५ हजार राशीको ‘शेखर शर्मा रिजाल–मातृभूमि शैक्षिक पुरस्कार–२०७६’ चितवनका प्रा.डा.नारायणप्रसाद खनाललाई प्रदान गरिएको छ ।
यस्तै १५ हजार राशीको ‘शेखर शर्मा रिजाल–मातृभूमि शैक्षिक पुरस्कार–२०७७’ इटहरीका सुवर्णबहादुर थापालाई, १० हजार राशीको ‘हातेमालो–मातृभूमि युवा र्सिजनशिल साहित्य सम्मान–२०७७’ मकवानपुरका साहित्यकार सुवास खनाललाई, १५ हजार राशीको ‘क्षेत्रबहादुर स्मृति–मातृभूमि सम्मान–२०७७’ मकवानपुरका साहित्यकार कवि डा.गणेश पौडेललाई, १५ हजार राशीको ‘राजकुमार स्मृति–मातृभूमि सम्मान–२०७७’ गोहाटी आसाम भारतका साहित्यकार कृष्ण बिक्रम राणालाई र ७ हजार ५ सय राशीको ‘केशवलाल स्मृति–मातृभूमि पत्रकारिता पुरस्कार–२०७७’ मकवानपुरका पत्रकार सुवर्णलाल श्रेष्ठलाई प्रदान गरिएको छ ।
कार्यक्रममा ७ हजार ५ सय एक राशीको ‘झलक बहादुर बानियाँ स्मृति जीवन संघर्ष–मातृभूमि सम्मान–२०७७’ हेटौंडा–११ का बिसु लामालाई र ७ हजार ५ सय राशीको ‘मंगलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान–२०७७’ अमर मावि हेटौंडामा कक्षा १० मा अध्ययनरत दिव्या चौलागाईंलाई प्रदान गरिएको छ । 
समाजका अध्यक्ष माधव पोख्रेलको अध्यक्ष तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यतामा सम्मान प्रदान गरिएको हो । कार्यक्रममा वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेल, निशा शर्मा पोखरेल, मातृभूमि साहित्य समाजका संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष हयाग्रीव आचार्य, पूर्व अध्यक्ष देवराज खरेल, राजबाबु पहाडी लगायतको अतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार