Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

बागमती प्रदेश प्रहरी कार्यालयको आयोजनामा व्याटमिन्टन प्रतियोगिता हुने

36586559-stickman-illustr-1618535461.jpg

संकेतिक तस्विर

३ बैशाख, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा  आजदेखि ३ दिनसम्म मकवानपुर जिल्ला विद्यालय स्तरिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 
समुदाय प्रहरी साझेदारी अन्तर्गतको प्रमुख साझेदार निकाय बिद्यालय समेत भएकाले बिद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा आकर्षित गर्न बैशाख ३ गते शुक्रबार देखी ५ गतेसम्म प्रतियोगिता गर्न लागिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । 
प्रतियोगिताबाट मकवानपुरमा ब्याडमिन्टन खेलको बिकास तथा बिस्तार गर्ने, स्कुलका विद्यार्थीहरुमा ब्याडमिन्टन खेल प्रति रुची जगाउने, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्ने उत्कृष्ठ खेलाडीहरु उत्पादन गर्ने लक्ष्य लिइएको प्रहरी कार्यलयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतियोगितामा मकवानपुर जिल्लाका बिभिन्न निजी तथा सामुदायीक बिद्यालयमा कक्षा १ देखी कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई १२ बर्ष सम्म महिला र पुरुष सिंगल तथा १२ बर्षभन्दा माथी महिला र पुरुष समूहमा सिंगल र पुरुषमा डबल्स गरी प्रतिस्पर्धा गराईने भएको छ ।
जिल्ला ब्याटमिन्टन संघ मकवानपुरको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा १२ बर्ष सम्मको प्रतिस्पर्धामा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश ७ हजार, ५ हजार र ३ हजार पुरस्कार पाउने छन् भने १२ बर्ष मार्थीको प्रतिस्पर्धामा प्रथम हुनेले १० हजार, द्वितिय हुनेले ७ हजार र तृतिय हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउँने बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरिक्षक मीरा चौधरीले जानकारी दिईन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार