Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आईपीएलः कोलकत्तालाई हराउँदै चेन्नई शीर्ष स्थानमा

EzgXkg2VUAwKNCW-1619052503.jpg

 ९ बैशाख, हेटौंडा । चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई १८ रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो ।
मुम्बईमा चेन्नईले दिएको २ सय २१ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको कोलकत्ता १९ ओभर १ बलमा अलआउट हुँदै २ सय २ रनमा समेटियो । कोलकत्ताका लागि पाट कुमिन्सले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै आन्द्रे रसेलले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा दिनेश कार्तिकले ४० रन बनाए । चेन्नईका दिपक चाहरले ४ विकेट लिए । लुंगी एनजिडीले ३ तथा साम कुरानले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । चेन्नईका लागि फाप डु प्लेसिसले अविजित रहदै ९५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रुतुराज गायकवाडले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । मोइन अलीले २५ रन जोड्दा कप्तान महेन्द्र सिंह धोनीले १७ रन बनाए । रविन्द्र जडेजा ६ रनमा अविजित रहे । कोलकत्ताका वरुण चक्रवर्ती, सुनील नारिन र आन्द्रे रसेलले १÷१ विकेट लिए ।
जितसँगै चेन्नई लिगको शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा उक्लने क्रममा चेन्नईले ४ खेलमा ६ अंक जोडेको छ । कोलकत्ताको यो तेस्रो हार हो । कोलकत्ता ४ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार