Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

ईन्डियन प्रिमियर लिगः दिल्ली दोस्रो स्थानमा उक्लियो

E0J7BYjVEAEDyB9-1619742692.jpg

१७ बैशाख, हेटौंडा । दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली शीर्ष दुईमा उक्लिएको हो ।
अहमदाबादमा कोलकत्ताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा पृथ्वी शले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ११ चौका र ३ छक्का प्रहार गरे । यस्तै शिखर धवनले ४६ रन बनाए । कप्तान ऋषव पन्त १६ रनमा आउट भए । कोलकत्ताका पाट कुमिन्सले ३ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित रहदै सर्वाधिक ४५ रन बनाए । सुबमन गिलले ४३ रन जोड्दा पाट कुमिन्स ११ रनमा अविजित रहे । यस्तै राहुल त्रिपाठीले १९, नितिश रानाले १५ र दिनेश कार्तिकले १४ रन बनाए । दिल्लीका अक्षर पटेल र ललित यादवले २÷२ विकेट लिए ।
जितसँगै दिल्लीले लिगमा पाँचौ जित निकालेको छ । जितपछि दिल्लीले ७ खेलमा १० अंक जोडेको छ । रोयल च्यालेन्जर्स बैंगलोरलाई पछि पार्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो । कोलकत्ता यो पाँचौ हार हो । पाँचौ स्थानको कोलकत्ताले ७ खेलमा ४ अंक जोडेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार