२१ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले चालु आर्थिक बर्ष ०७७/०७८ मा मकवानपुरगढी गाउँपालिका कार्यालयबाट भएको खर्चको यथार्थ विवरण माग गरेको छ । कांग्रेस गाउँपालिका सभापति राजबीर मोक्तान र तरुण दल गाउँपालिका अध्यक्ष सानुकान्छा थिङले संयुक्त रुपमा विभिन्न क्षेत्रमा भएका खर्च र कामको यथार्थ विवरण माग गरेका हुन् ।
कांग्रेसले आर्थिक बर्ष ०७७/०७८ मा सिलिङ बजेट बाहेक पालिकाको बजेट अध्यक्षको होल्डिङमा कहाँ के के खर्च भयो, चालु आर्थिक बर्षमा कसलाई कति अनुदान वितरण भयो र यसको आधार के हो, घरघरमा काम हातहातमा दाम, असहायसंग अध्यक्ष जस्ता शिर्षकमा कसलाई रकम वितरण भयो र लाभान्वित बर्ग छनौटको आधार के हो, चैत १६ देखि ३१ गतेसम्म सामरी खोलामा उत्खनन गरिएकोमा कति परिमाणमा निकाल्ने अनुमतिथियोर कति परिमाणमा निकालियो यथार्थ हिसावकिताव सार्वजनिक गर्न माग गरिएको छ ।
त्यस्तै, ७ वटा प्वाइन्टमा नदिजन्य पदार्थ उत्खनन गर्दा आवश्यक उपकरण को संगै लिईयो र के आधारमा कति दर रेटमा लिईयो मापदण्ड सर्वाजनिक गर्न, नदिजन्य पदार्थ उत्खनन गर्दा आवश्यक मानव स्रोत आफ्ना मुठ्ठीभरका व्यक्तिमात्रै शंकास्पद तरिकाले परिचालन गरिएकाले जनसमुदायमा आशंका फैलिएकोले यसबारे सार्वजनिक गर्न र कोरोनाको मारमा परेका जनताको आर्थिक अवस्था नाजुक रहेकाले स्थानीयस्तरमा नदिजन्य पदार्थ प्रयोगगर्दा छुटको व्यवस्थागर्नुपर्ने माग गरिएको छ ।
आफुहरुले माग गरेको विषयमा यथार्थ जानकारी नआए नदिजन्यपदार्थ ओसारपसार गर्ने कार्य रोक्न बाध्य हुने र न्यायिक ढोकामा जान बाध्य हुने जनाईएको छ ।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













