२६ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
सिटीको घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर चेल्सीले जित निकालेको हो । चेल्सीलाई जित दिलाउन हाकिम जिएच र मार्कोस अलोन्सोले एक एक गोल गरे । सिटीका रहिम स्ट्रर्लिङले एक गोल फर्काए ।
रोमान्चक बनेको खेलको ४४ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा सिटीले अग्रता दोब्बर बनाउने मौका पाएको थियो । तर, सर्जियो अग्युरोले पेनाल्टीमा गोल गर्न सकेनन् । अग्युरोको प्रहार चेल्सीका गोलकिपर एडुवार्ड मेन्डीले उत्कृष्ट बचाउ गरेका थिए ।
त्यसपछि खेलको ६३ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको इन्जुरी समय अलोन्सोले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए ।
जितसँगै चेल्सीले ३५ खेलमा ६४ अंक जोडेको छ । चेल्सी तेस्रो स्थानमा रहेको छ । हारसँगै सिटीलाई भने उपाधि जित्न अर्को खेल कुर्नु पर्ने भएको छ । उपाधि नजिक रहेको सिटी ८० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । सिटीलाई उपाधि जित्न मात्र एक जितको आवश्यकता रहेको छ ।
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


















