Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

ऊ कुनै अपराधी हैन

Screenshot_20210528-20281-1622213099.jpg

- ✍️ उत्सब चौलागाईं

ऊ योद्धा हो
मानव सभ्यता जोगाउन हिडेको छ
दिनदिनै हिडेको छ
रातरातै हिडेको छ ।

ऊसँग कुनै धारिलो हतियार छैन
तर आत्मविश्वास छ ।

उसलाई कहिल्यै अँध्यारो हुँदैन ।

ऊ तपाईंको दुखाइमा दु:खी छ
ऊ तपाईंको रुवाइमा रोएको छ
ऊ तपाईंमा खुसी फर्काउन चाहन्छ ।

जन्म र मृत्यु अकाट्य छ
ऊ मृत्युको कल्पना गर्दैन
ऊ निरासावादी हैन
ऊ आशा जगाउँछ ।

ऊ सम्मान कुरी बस्दैन
ऊ आत्मा प्रशंसा गर्दैन
ऊ खुरुखुरु काम गर्छ
उसले जात हेर्दैन
थर हेर्दैन
लिङ्ग हेर्दैन
देश हेर्दैन
ऊसँग उच्च समवेदना छ ।

चाप्लुसशास्त्र उसको विषय हैन
नमस्कार उसको अनिवार्य भोक हैन
शुद्ध गाईको घिउको अपेक्षा राख्दैन
तर अपमानले उसलाई पनि दुख्छ ।

ऊ हाम्रो जीवनको सुरक्षा कवज हो
ऊ योद्धा हो
ऊ सैनिक हो
अर्थात ऊ चिकित्सक हो ।

प्रियजन
हाम्रो जीवनको अपरिहार्य उसलाई
माया चाहिएको छ
प्रेरणा चाहिएको छ
हौसला चाहिएको छ । 

ऊ कुनै हली हैन ।
 
प्रियजन
एकपटक उसको 
अभाव महसुस गर्नोस् त ?
 
ऊ योद्धा हो
ऊ स्वास्थ्यकर्मी हो 
तर कुनै अपराधी हैन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार