Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

युरोकपः वेल्स र स्विजरल्याण्डको खेल बराबरी

E3sKZItXIAEAmcW-1623544796.jpg

३० जेठ, हेटौंडा । १६ औं संस्करणको युरोकप फुटबलमा वेल्स र स्विजरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् । अजरबैजानको बाकुमा शनिबार भएको खेलमा वेल्स र स्विजरल्याण्डले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
बकु ओलम्पिक स्टेडियममा स्विजरल्याण्डका लागि ब्रेल इम्बोलोले एक गोल गरे । वेल्सका किफेर मोरेले बराबरी गोल फर्काए  । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा स्विजरल्याण्डले सुरुवाती अग्रता बनाएको थियो । 
खेलको ४९ औं मिनेटमा इम्बोलोले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । तर, खेलको ७४ औं मिनेटमा मोरेले हेडरमार्फत गोल गर्दै वेल्सलाई हारबाट जोगाए । यस्तै खेलको ८५ औं मिनेटमा स्विजरल्याण्डका मारियोले गोल गरेका थिए । तर, भीएआरको सहायताबाट उनी अफसाइट रहदा उनको गोलले मान्यता पाएन । 
वेल्सविरुद्ध बलमा पकड जमाएको स्विजरल्याण्डले गोलको अन्य अवसर समेत बनाएको थियो । तर, स्विजरल्याण्डको पटक पटकको प्रहार वेल्सका गोलकिपर डेनी वार्डले उत्कृष्ट बचाउ गरे । वेल्सले पनि पाएको केहि अवसरमा गोल गर्न सकेन । 
यस बराबरीसँगै समूह ’ए’ मा रहेका वेल्स र स्विजरल्याण्डले एक एक अंक बाडेका छन् । समूहको दोस्रो स्थानमा रहेको स्विजरल्याण्डले १ खेलमा १ अंक जोडेको छ ।
तेस्रो स्थानमा रहेको वेल्सको पनि १ अंक रहेको छ । यस समूहमा इटाली ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । उद्घाटन खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो । टर्की अंक विहीन रहदै पुछारमा रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार