Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

युरोकपमा आज समूह ’बी’ र समूह ’सी’ का चार खेल हुँदै 

skysports-euro_4621470-1624251740.jpg

google

७ असार, हेटौंडा । १६ औं संस्करणको युरोकप फुटबलमा आज समूह चरण अन्तर्गत समूह ’बी’ र समूह ’सी’ को समान दुई दुई गरी चार खेल हुँदैछन् ।
समूह ’सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । नेदरल्यान्ड्स यस समूहबाट नकआउट चरणमा प्रवेश गरिसकेको छ । अघिल्ला दुई खेलमा नेदरल्यान्ड्सले लगातार जित निकालेको थियो ।
नर्थ म्यासेडोनियालाई हराएर नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न चाहन्छ । ६ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ । नर्थ म्यासेडोनिया अंक विहीन रहदै पुछारमा रहेको छ । म्यासेडोनियाले अघिल्ला दुबै खेल गुमाएको थियो ।
यस्तै यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन् । युक्रेन र अष्ट्रियाबीचको खेल ९ः४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ । युक्रेन २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अष्ट्रिया २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यसैगरी समूह ’बी’ मा रहेको बेल्जियमले फिनल्याण्डसँग खेल्नेछ । बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
बेल्जियम यस अघि नै  नकआउट चरणमा पुगिसकेको छ । अघिल्ला दुई खेल जितेको बेल्जियमले ६ अंक जोडेको छ । आज फिनल्याण्डलाई हराएर बेल्जियम समूह विजेता बन्न चाहन्छ ।
फिनल्याण्ड पनि बेल्जियमलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा रुसले डेनमार्कसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । रुस २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । रुस आज डेनमार्कलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ ।
डेनमार्क अंक विहीन रहदै पुछारमा रहेको छ । डेनमार्कले अघिल्ला दुई खेल गुमाएको थियो । तर, डेनमार्कको पनि नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार