हेटौंडा, २ साउन/७५ वर्षीय सुनमाया तामाङले आफ्नो जीवनकालमा गाउँमा मोटर आईपुग्ला र चढौंला भनेर सोचेकीसम्म थिईनन् । आँगनबाटै मोटर गुडेपछि खैराङ–२ की तामाङ खुशीले दंग छिन् ।
मोटर आफ्नो घर नजिक आईपुग्ने बित्तिकै उनले फूलमाला र अबिर लगाईदिईन् । निर्माण सुरु गरेको ३९ वर्षपछि गाउँमा मोटरबाटो आएपछि तामाङ अबका दिनमा घण्टौं भिरपाखाको उकाली ओराली र भेलबाढी पार गर्दै मनहरी बजार र सदरमुकाम हेटौँडा जानु नपर्ला भन्ने आसमा छिन् ।
भार्ता–७ रुपराङकी हरिमाया स्याङ्बो पनि गाउँमा मोटरबाटो आएपछि दुःखका दिन हट्लाकी भन्ने आसमा छिन् । २०३४ सालमा त्रिभुवन राजपथसँग जोडेर चुनिया–नामटार–कालिकाटार–खैराङ सडक निर्माण सुरु भएको थियो । स्याङ्बोले चुनियामा सडक खन्न सुरु हुँदा एक महिना श्रमदान गर्न पुगेकी थिईन् । ‘घरबाट हिँडेपछि नामटारमा बास हुन्थ्यो, भोलीपल्ट भैँसे पुगेर नुन लिएर फर्किन्थ्यौं’, उनले बिगत् सम्झँदै भनिन्, ‘कोदोको रोटीको भरमा भारी बोकेर चार दिन हिँड्दा खुट्टा फुटेर तर–तर गरत बग्थ्यो ।’ मोटर गुडाउने सपना पुरा भएपछि आफ्ना सन्ततीले सुखका दिन बिताउन पाउने आसमा छिन्,स्याङ्बो ।
त्रिभुवन राजपथ अन्तर्गत नामटारको चुनियाबाट कालिकाटार–भार्ता हुँदै खैराङ गाविससम्म मोटरबाटो पुगेपछि मकवानपुरको सबै गाविसलाई मोटरबाटोले छोएको छ । पछिल्लो पटक यसै आर्थिक वर्षमा जिल्ला विकास समिति मकवानपुरले एक करोड एक लाख रुपैयाँ खर्च गरेर भार्ता–७ दुब्लुङबाट खैराङ–२ स्थित गाविस कार्यालयसम्म आठ किलोमिटर सडक निर्माण गरेपछि स्थानीयबासीको ३४ वर्ष पुरानो सपना पुरा भएको हो । उक्त बजेटबाट नामटारको चुनियादेखि कालिकाटारको कालिखोलासम्म २४ किमि सडक समेत मर्मत गरिएको जिल्ला विकास समिति मकवानपुरले जनाएको छ ।
गाँजा नरोप्ने प्रतिबद्धता
गाउँमा मोटरबाटो पुगेसँगै यहाँका स्थानीयले तरकारी खेती गर्ने बताएका छन् । लामो समयदेखि गाँजाको बिकल्प माग गरिरहेका उनीहरुले गाउँमा मोटर गुड्न थालेपछि तरकारी खेती गरेर जीवन निर्वाह गर्ने योजना अघि सारेका छन् । खैराङ–७ का सुरज गोङ्बाले भने, ‘एक केजी बोडी बजार पु¥याउँदा २० रुपैयाँमा बिक्री हुन्छ तर भरियालाई १५ रुपैयाँ प्रतिकेजी बोकेको ज्याला दिनुपर्ने बाध्यता थियो’, उनले भने, ‘यो बाटो नियमित सञ्चालनमा आउने हो भने यहाँको उर्बर भूमिमा तरकारी उब्जनी गरेर प्रत्यक परिवारले वार्षिक लाखौं रुपैँया आम्दानी गर्न सक्छन् ।’
खैराङ गाविसका पूर्व अध्यक्ष राजकुमार मल्लले सरकारले गाउँसम्म सडक निर्माण गरेपनि यसको स्तरिकरण आवश्यक रहेको बताए । ‘स्तरिकण नहुने हो भने अर्को वर्षदेखि बाटोभरी झार उम्रिने र भत्किने गर्छ’, उनले भने, ‘सरकारले यस क्षेत्रलाई गाँजामुक्त बनाउन गाउँका उत्पादनलाई सजिलै बजारसम्म पु¥याउने बाटो बनाईदिनुपर्छ ।’ गाँजा बोक्ने, बिक्री गर्ने र व्यापार गर्ने गरी यस क्षेत्रका तीनसय ४० जना स्थानीय भिमफेदी कारागारमा सजाँय काटिरहेको उनले जानकारी दिए ।
जिल्ला प्राविधिक कार्यालय मकवानपुरका इन्जिनियर सञ्जय मिश्रले सडक स्तरिकणमा राज्यले प्रत्यक वर्ष लगानी गर्ने बताए । ‘चुनियादेखि कालिखोलासम्म एसएनआरटीपीको २० करोड रुपैयाँ लगानीमा सडक पीच गर्ने काम हुँदैछ’, उनले भने, ‘यहाँका जनताले सक्रियता देखाउने हो भने अवको छ वर्षभित्र खैराङसम्म नै सडक पीच गर्न सकिन्छ ।’ दामन हुँदै डाँडाबास–बैकुण्ठ सडकसँग चुनियाङ–खैराङ सडक जोड्ने सरकारी लक्ष्य रहेको छ ।
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...
२३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...
२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...
२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...













-1782436668.jpg)



