हेटौंडा, २ साउन/७५ वर्षीय सुनमाया तामाङले आफ्नो जीवनकालमा गाउँमा मोटर आईपुग्ला र चढौंला भनेर सोचेकीसम्म थिईनन् । आँगनबाटै मोटर गुडेपछि खैराङ–२ की तामाङ खुशीले दंग छिन् ।
मोटर आफ्नो घर नजिक आईपुग्ने बित्तिकै उनले फूलमाला र अबिर लगाईदिईन् । निर्माण सुरु गरेको ३९ वर्षपछि गाउँमा मोटरबाटो आएपछि तामाङ अबका दिनमा घण्टौं भिरपाखाको उकाली ओराली र भेलबाढी पार गर्दै मनहरी बजार र सदरमुकाम हेटौँडा जानु नपर्ला भन्ने आसमा छिन् ।
भार्ता–७ रुपराङकी हरिमाया स्याङ्बो पनि गाउँमा मोटरबाटो आएपछि दुःखका दिन हट्लाकी भन्ने आसमा छिन् । २०३४ सालमा त्रिभुवन राजपथसँग जोडेर चुनिया–नामटार–कालिकाटार–खैराङ सडक निर्माण सुरु भएको थियो । स्याङ्बोले चुनियामा सडक खन्न सुरु हुँदा एक महिना श्रमदान गर्न पुगेकी थिईन् । ‘घरबाट हिँडेपछि नामटारमा बास हुन्थ्यो, भोलीपल्ट भैँसे पुगेर नुन लिएर फर्किन्थ्यौं’, उनले बिगत् सम्झँदै भनिन्, ‘कोदोको रोटीको भरमा भारी बोकेर चार दिन हिँड्दा खुट्टा फुटेर तर–तर गरत बग्थ्यो ।’ मोटर गुडाउने सपना पुरा भएपछि आफ्ना सन्ततीले सुखका दिन बिताउन पाउने आसमा छिन्,स्याङ्बो ।
त्रिभुवन राजपथ अन्तर्गत नामटारको चुनियाबाट कालिकाटार–भार्ता हुँदै खैराङ गाविससम्म मोटरबाटो पुगेपछि मकवानपुरको सबै गाविसलाई मोटरबाटोले छोएको छ । पछिल्लो पटक यसै आर्थिक वर्षमा जिल्ला विकास समिति मकवानपुरले एक करोड एक लाख रुपैयाँ खर्च गरेर भार्ता–७ दुब्लुङबाट खैराङ–२ स्थित गाविस कार्यालयसम्म आठ किलोमिटर सडक निर्माण गरेपछि स्थानीयबासीको ३४ वर्ष पुरानो सपना पुरा भएको हो । उक्त बजेटबाट नामटारको चुनियादेखि कालिकाटारको कालिखोलासम्म २४ किमि सडक समेत मर्मत गरिएको जिल्ला विकास समिति मकवानपुरले जनाएको छ ।
गाँजा नरोप्ने प्रतिबद्धता
गाउँमा मोटरबाटो पुगेसँगै यहाँका स्थानीयले तरकारी खेती गर्ने बताएका छन् । लामो समयदेखि गाँजाको बिकल्प माग गरिरहेका उनीहरुले गाउँमा मोटर गुड्न थालेपछि तरकारी खेती गरेर जीवन निर्वाह गर्ने योजना अघि सारेका छन् । खैराङ–७ का सुरज गोङ्बाले भने, ‘एक केजी बोडी बजार पु¥याउँदा २० रुपैयाँमा बिक्री हुन्छ तर भरियालाई १५ रुपैयाँ प्रतिकेजी बोकेको ज्याला दिनुपर्ने बाध्यता थियो’, उनले भने, ‘यो बाटो नियमित सञ्चालनमा आउने हो भने यहाँको उर्बर भूमिमा तरकारी उब्जनी गरेर प्रत्यक परिवारले वार्षिक लाखौं रुपैँया आम्दानी गर्न सक्छन् ।’
खैराङ गाविसका पूर्व अध्यक्ष राजकुमार मल्लले सरकारले गाउँसम्म सडक निर्माण गरेपनि यसको स्तरिकरण आवश्यक रहेको बताए । ‘स्तरिकण नहुने हो भने अर्को वर्षदेखि बाटोभरी झार उम्रिने र भत्किने गर्छ’, उनले भने, ‘सरकारले यस क्षेत्रलाई गाँजामुक्त बनाउन गाउँका उत्पादनलाई सजिलै बजारसम्म पु¥याउने बाटो बनाईदिनुपर्छ ।’ गाँजा बोक्ने, बिक्री गर्ने र व्यापार गर्ने गरी यस क्षेत्रका तीनसय ४० जना स्थानीय भिमफेदी कारागारमा सजाँय काटिरहेको उनले जानकारी दिए ।
जिल्ला प्राविधिक कार्यालय मकवानपुरका इन्जिनियर सञ्जय मिश्रले सडक स्तरिकणमा राज्यले प्रत्यक वर्ष लगानी गर्ने बताए । ‘चुनियादेखि कालिखोलासम्म एसएनआरटीपीको २० करोड रुपैयाँ लगानीमा सडक पीच गर्ने काम हुँदैछ’, उनले भने, ‘यहाँका जनताले सक्रियता देखाउने हो भने अवको छ वर्षभित्र खैराङसम्म नै सडक पीच गर्न सकिन्छ ।’ दामन हुँदै डाँडाबास–बैकुण्ठ सडकसँग चुनियाङ–खैराङ सडक जोड्ने सरकारी लक्ष्य रहेको छ ।
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)















