१० साउन, हेटौंडा । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ’टोकियो ओलम्पिक’ जापानमा जारी छ । राजधानी टोकियोमा जारि ओलम्पिकको दोस्रो दिन शनिबार कुल ११ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा ९ राष्ट्रले स्वर्ण जितेका छन् ।
टोकियो ओलम्पिकको दोस्रो दिन २८ राष्ट्रले पदक जित्दा पदक तालिकामा चीनले अग्रता बनाएको छ । चीनले शनिबार ३ स्वर्ण र १ कास्य पदक सहित कुल ४ पदक जितेको छ ।
चीनकी सुटिङ खेलाडी याङ चियन टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनिन् । महिला १० मिटर एयर राइफलमा स्वर्ण जित्दै याङ टोकियो ओलम्पिकमा स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी हुन् ।
इटाली १ स्वर्ण र १ रजत सहित कुल २ पदक जित्दै दोस्रो स्थानमा रहेको छ । आयोजक जापान १ स्वर्ण र १ रजतसहित २ पदक जितेर तेस्रो स्थानमा रहेको छ । जुडोका नओहिसा ताकातोले ६० केजी तौल समूहमा जापानलाई पहिलो स्वर्ण दिलाए ।
ओलम्पिकको दोस्रो दिन १ स्वर्ण जित्ने अन्य राष्ट्रमा दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्याण्ड रहेका छन् । शनिबार नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सुटिङ खेलाडी कल्पना परियार र जुडो खेलाडी सोनिया भट्टले प्रतिस्पर्धा गरेका थिए ।
कल्पनाले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाईन । कल्पनाले छनोट चरणमा ६ सय १६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । तर, उनी फाइनल चरणमा छनोट हुन सकिनन् ।
यस्तै सोनिया पहिलो खेलमै पराजित भईन् । राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् । १९ वर्षिया सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भईन् । सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन् ।
टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले सहभागिता जनाएका छन् । अब तीन खेलाडीको प्रतिस्पर्धा बाँकी रहेको छ ।
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















