Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

इंग्लिस प्रिमियर लिगः नर्विचविरुद्ध सिटीको सानदार जित 

GettyImages-1335427202-1629591328.jpg

६ भदौ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा नर्विच सिटीलाई ५–० गोल अन्तरले पराजित गर्दै सिटीले पहिलो जित निकालेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन ज्याक ग्रेलिस, एम्रिक लापोर्टे, रहिम स्ट्रर्लिङ र रियाद महरेजले एक एक गोल गरे । सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको सातौं मिनेटमा नर्विचका गोलकिपर टिम क्रुलको आत्मघाती गोलबाट सिटीले सुरुवाती अग्रता बनाएको थियो । १५ औं मिनेटमा फेरान टोरेसको गोलले मान्यता पाएन । गोल अघि फउल भएको कारण भीएआरको सहायताबाट उनको गोलले मान्यता नपाएको हो ।
तर,  खेलको २२ औं मिनेटमा ग्रेलिसले गोल गर्दै सिटीको अग्रता २–० को बनाए । ग्रेलिसको यो सिटीका लागि डेब्यु गोल हो । खेलको ६४ औं मिनेटमा लापोर्टेले गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए ।
७१ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दा सिटीको अग्रता ४–० को बन्यो । त्यसपछि खेलको ८४ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई ५–० को जित दिलाए । 
यस जितसँगै सिटीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा सिटी टोटेनहमसँग पराजित भएको थियो । लगातार दोस्रो हार व्यहोरेको नर्विचले अंक जोड्न सकेको छैन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार