Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

237718005_879696152645049-1629763410.jpg

८ भदौ, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले सोमबार राष्ट्रिय टिमले लगाउने नयाँ जर्सी सार्वजनिक गरेको हो ।
क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह र एमएसटी संस्थापक सुलभ बुढाथोकीले जर्सी सार्वजनिक गरे । खुल्ला प्रतिस्पर्धाबाट क्यानले नेपाली टोलीको नयाँ जर्सीको डिजाइन छनोट गरेको हो । 
नयाँ जर्सी आदर्श पोखरेलले डिजाइन गरेका हुन् । करिब ५ सय डिजाइनबाट पोखरेलको डिजाइन छनोट गरिएको हो । पोखरेलले पुरस्कार स्वरूप नगद १ लाख रुपैयाँ पाएका छन् ।
क्यानले नयाँ जर्सी छनोटका लागि ४ सदस्सीय समिति गठन गरेको थियो । समितिमा क्यानका केन्द्रिय सदस्य छुम्बी लामा, जेनेरल म्यानेजर रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास र प्रायोजकबाट एक सदस्य रहेका थिए । 
नेपाली टोलीले नयाँ जर्सी ओमान भ्रमण दौरान प्रयोग गर्नेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान भ्रमणमा जादैछ । 
ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय नेपाली टिम मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछन् । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

थप समाचार