Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

५ किमी दुरी १६ मिनेट २१.८८ सेकेण्डमा पुरा गर्दै मोक्तान भए प्रथम

242149998_293724495318012-1631955623.jpg

२ असोज, हेटौंडा । संविधान दिवस २०७८ को अवसरमा शनिवार विहान सम्पन्न ५ किलोमिटर दौड प्रतियोगितामा महेश मोक्तान प्रथम भएका छन् । 
संविधान दिवस, मुल आयोजक समिति बागमती प्रदेशको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समिति र जिल्ला एथलेटिक्स संघ, मकवानपुरको संयोजनमा भएको प्रतियोगितामा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका सुरेश साह र श्यामकुमार राई क्रमश द्वितिय र तृतिय भएका छन् ।
प्रथम भएका मोक्तानले निर्धारित ५ किमीको दुरी १६ मिनेट २१.८८ सेकेण्डमा पुरा गरेका थिए । यस्तै द्वितिय भएका साहले उक्त दुरी १७ मिनेट ४२ मिलिसेकेण्ड र तृतिय भएका राईले १७ मिनेट १६.५३ सेकेण्डमा उक्त दुरी पुरा गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमैसंग १५ हजार, १० हजार र ५ हजार  नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्ने जिल्ला एथलेटिक्स संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलले जानकारी दिए । पुरस्कार असोज ३ गते संविधान दिवसको दिन विशेष कार्यक्रममा प्रदान गरिने पनि अध्यक्ष पोखरेलले बताए ।

फोटाः राजाराम पोखरेलको फेसबुक पेजबाट


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार