Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

साफ च्याम्पियनसिप शुक्रबारदेखि शुरु हुँदै

SAFF-1633068637.jpg

१५ असोज, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको १३ औँ संस्करण शुक्रबारदेखि माल्दिभ्समा शुरु हुँदैछ ।
प्रतियोगिताको पहिलो दिन नेपालले घरेलु टोली माल्दिभ्ससँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुने छ । कतारमा दुई साताभन्दा लामो प्रशिक्षणपछि नेपाली टोली सोमबार आयोजक राष्ट्र पुगेको थियो ।
माल्दिभ्स साविक विजेता पनि हो। सन् २०१८ मा बंगलादेशमा आयोजित पछिल्लो संस्करणको फाइनलमा माल्दिभ्सले भारतलाई २–१ गोलले हराएको थियो । शुक्रबार हुने उद्घाटन खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन् ।
हरेक संस्करणमा उपाधि दावेदार मानिने गरेको नेपालले अहिलेसम्म यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । नेपाल फाइनलमा समेत पुग्न सकेको छैन । भारतले सात पटक र माल्दिभ्सले दुई तथा श्रीलंका, अफगानिस्तान, बंगलादेशले एक–एक पटक उपाधि जितेका छन् । नेपाल गत संस्करणसहित हालसम्म ६ पटक सेमिफाइनलसम्म पुगेको छ ।
सागका पछिल्ला दुई संस्करणमा नेपालले फुटबलको स्वर्ण जिते पनि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा अपेक्षाकृत नतिजा ल्याउन सकेको छैन। नेपालले अन्तिम पटक अफिसियल सिनियर अन्तर्राष्ट्रिय फुटबल उपाधिका रुपमा सन् २०१६ को सोलिडारिटी कप जितेको थियो।
यसपटकको साफ च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र माल्दिभ्स सहभागी हुँदै छन्। पाकिस्तान र भूटान सहभागी छैनन्। अफगानिस्तानले साफबाट अलग भएर अर्कै क्षेत्रबाट क्षेत्रीय प्रतियोगिता खेलिरहेको छ । लिग चरणपछि शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले ४ अक्टोबरमा श्रीलंका, १० अक्टोबरमा भारत र १३ अक्टोबरमा बंगलादेशसँग खेल्ने छ। फाइनल १६ अक्टोबरमा हुने छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार