२५ असोज, हेटौंडा । चेन्नई सुपर किङ्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईमा आइतबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नई फाइनल पुगेको हो ।
अति नै रोमान्चक बनेको खेलमा दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोबिन उथप्पाले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान महेन्द्र सिंह धोनीले अविजित १८ रन जोड्दा मोइन अलीले १६ रन बनाए । दिल्लीका टम करणले ३ विकेट लिए । एन्रिच नोर्किया र अभेस खानले एक एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । दिल्लीका लागि पृथ्वी शले ६० र कप्तान ऋषव पन्तले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । शिम्रन हिटमायरले ३७ रन जोड्दा अक्षर पटेलले १० रन जोडे । शिखर धवन ७ रनमा आउट भए । चेन्नईका जोस हाजलउडले २ विकेट लिए । रविन्द्र जडेजा, मोइन अलि र ड्वाने ब्राभोले १÷१ विकेट लिए ।
दिल्लीले भने अब फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल खेल्नेछ । एलिमिनेटरमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















