Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

साफको फाइनलमा नेपाल र भारत भिड्ने

1622744046anjan-1634173985.jpg

file photo

२८ असोज, हेटौंडा । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र भारत भिड्ने भएका छन् ।
बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३–१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो । मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले दुई तथा मानबिर सिंहले एक गोल गरे । यस्तै माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काए । 
जितसँगै भारत फाइनल पुगेको हो । अब भारतले उपाधिका लागि नेपालको सामना गर्नेछ । नेपाल यसअघि बुधबारनै भएको खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै फाइनल पुगेको हो ।
नेपालका लागी अन्जन विष्टले पेनाल्टी मार्फत एक गोल गरेका थिए । यस्तै खेल सुरु भएको नौ मिनेटमै बंगलादेशले सुमन रेजाको गोलमा अग्रता बनाएको थियो । 
बंगलादेशसँग बराबरी गरेसँगै नेपालको चार खेलबाट ७ अंक भएको छ । नेपाल तालिकाको दोस्रोस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । नेपालले यस अघिका खेलमा माल्दिभ्स र श्रीलंका लाई हराएको थियो भने भारतसँग पराजित भएको थियो ।
यससँगै नेपाल पहिलो पटक साफको फाइनलमा प्रवेश गरेको छ । यस अघि नेपालले साफको फाइनल खेल्न सकेको थिएन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार