Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आईपीएलको उपाधिका लागि आज चेन्नई र कोलकाता भिड्दै

ipl-1634262132.jpg

google

२९ असोज, हेटौंडा । युएईमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज शुक्रबार हुँदैछ ।
दुबईमा हुने फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । चेन्नई र कोलकाता आज उपाधि चुम्ने योजनासहित मैदान उत्रने छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ । 
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई चौंथो पटक आईपीएलको उपाधि जित्ने योजनामा हुनेछ । उत्कृष्ट प्रदर्शन गरिरहेको चेन्नई पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराएर फाइनल पुगेको हो । इयान मोर्गनको कप्तानीमा रहेको कोलकाता भने तेस्रो पटक आईपीएलको उपाधि जित्ने लक्ष्यमा रहेको छ । 
कोलकाताले पनि दोस्रो क्वालिफायरमा दिल्लीलाई नै हराएको थियो । चेन्नई र कोलकाताबीचको पछिल्लो खेलको नतिजा हेर्दा चेन्नई बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा चेन्नईले ४ जित निकाल्दा एक मात्र जित कोलकाताले निकालेको छ । 
यसै वर्षको पछिल्लो दुई भेटमा चेन्नईले बाजी मारेको थियो ।  लिग चरण अन्तर्गत अप्रिलमा भएको खेलमा चेन्नईले १८ रनको जित निकालेको थियो । 
यस्तै सेप्टेम्बर २६ मा भएको खेलमा चेन्नईले २ विकेटको जित निकालेको थियो । कोलकाताविरुद्ध चेन्नई उक्त जितलाई कायम राख्ने योजनामा हुनेछ । कोलकाता भने चेन्नईविरुद्ध फाइनलमा बदला लिन चाहन्छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार