Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आईपीएलको उपाधिका लागि आज चेन्नई र कोलकाता भिड्दै

ipl-1634262132.jpg

google

२९ असोज, हेटौंडा । युएईमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज शुक्रबार हुँदैछ ।
दुबईमा हुने फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । चेन्नई र कोलकाता आज उपाधि चुम्ने योजनासहित मैदान उत्रने छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ । 
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई चौंथो पटक आईपीएलको उपाधि जित्ने योजनामा हुनेछ । उत्कृष्ट प्रदर्शन गरिरहेको चेन्नई पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराएर फाइनल पुगेको हो । इयान मोर्गनको कप्तानीमा रहेको कोलकाता भने तेस्रो पटक आईपीएलको उपाधि जित्ने लक्ष्यमा रहेको छ । 
कोलकाताले पनि दोस्रो क्वालिफायरमा दिल्लीलाई नै हराएको थियो । चेन्नई र कोलकाताबीचको पछिल्लो खेलको नतिजा हेर्दा चेन्नई बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा चेन्नईले ४ जित निकाल्दा एक मात्र जित कोलकाताले निकालेको छ । 
यसै वर्षको पछिल्लो दुई भेटमा चेन्नईले बाजी मारेको थियो ।  लिग चरण अन्तर्गत अप्रिलमा भएको खेलमा चेन्नईले १८ रनको जित निकालेको थियो । 
यस्तै सेप्टेम्बर २६ मा भएको खेलमा चेन्नईले २ विकेटको जित निकालेको थियो । कोलकाताविरुद्ध चेन्नई उक्त जितलाई कायम राख्ने योजनामा हुनेछ । कोलकाता भने चेन्नईविरुद्ध फाइनलमा बदला लिन चाहन्छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार