Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आईसीसी टी–२० विश्वकपः अष्ट्रेलियाको दोस्रो जित

1635440139aus-1635476939.jpg

१२ कार्तिक, हेटौंडा । अष्ट्रेलियाले आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । दुबईमा बिहीबार राति भएको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो ।
श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाको जितमा डेभिड वार्नरले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान आरोन फिन्चले ३७ रन जोड्दा स्टिभ स्मिथ २८ रनमा अविजित रहे । श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले २ तथा डसुन शनकाले १ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल परेरा र चारिथ असलंकाले समान ३५ रन बनाए । यस्तै भानुका राजपाक्षे ३३ रनमा अविजित रहदा कप्तान डसुन शनकाले १२ रन बनाए । अष्ट्रेलियाका मिचेल मार्श,पाट कमिन्स र एडम जाम्पाले २÷२ विकेट लिए ।
यस जितसँगै अष्ट्रेलियाले २ खेलमा ४ अंक जोडेको छ । समूह १ मा रहेको अष्ट्रेलिया दोस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रीकालाई ५ विकेटले हराएको थियो ।  
सुपर १२ मा  श्रीलंकाको यो पहिलो हार हो । श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले नै हराएको थियो । श्रीलंका २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार