१७ कार्तिक, हेटौंडा । आईसीसी विश्वकप टी–२० क्रिकेटमा साउथ अफ्रिकाले शानदार जित निकालेको छ । मंगलबार भएको खेलमा साउथ अफ्रिकाले बंगलादेशमाथि ६ विकेटको जित निकालेको हो ।
बंगलादेशले दिएको ८५ रनको सामान्य लक्ष्य साउथ अफ्रिकाले ३९ बल अगावै ४ विकेट गुमाएर पुरा गर्यो । साउथ अफ्रिकाका लागि कप्तान टेम्बा बावुमाले नटआउट ३१ रन जोड्दा रक्सी वेन डेर डुसनले २२, ओपनर क्विनटन डी ककले १६ र रिजा हेन्डरिक्स ४ रन बनाए । बंगलादेशका टास्किन अहमेदले २ तथा महेदी हसन र नसुम अहमदले एक एक विकेट हात पारे ।
यसअघि, अबुधावीमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश १८ ओभर २ बलमा अल आउट हुँदै जम्मा ८४ रन जोड्न सक्यो । बंगलादेशका लागि महेदी हसनले सर्वाधिक रन जोडे । लिटोन दासले २४ रनको योगदान गरे । दक्षिण अफ्रिकाका कगिसो राबाडा र एनरिच नोर्जले समान ३–३ विकेट हात पारे । तबरेज सम्सीले २ विकेट लिएका थिए ।
बंगलादेशलाई हराउँदै साउथ अफ्रिका सेमिफाइनलको नजिक पुगेको छ । अफ्रिकी टिमले ४ खेलबाट ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले तेस्रो स्थानको अष्ट्रेलियासंग दुई अंकको अग्रता लिएको छ । इङ्ल्याण्ड ८ अंक सहित सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















