Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आईसीसी विश्वकप टी–२०ः पाकिस्तान सेमिफाइनलमा

1635904931pakistan-1635908688.jpg

१७ कार्तिक, हेटौंडा । पाकिस्तान आईसीसी विश्वकप टी–२० क्रिकेटको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
मंगलबार राति नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान विश्वकपको सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको हो । पाकिस्तानले समूह चरणको खेलमा लगातार चार खेलमा जित निकाल्दै आफ्नो समूहबाट भने सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो ।
१ सय ९० रनको लक्ष्य पछ्याएको नामिबियाले ५ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो । नामिबियाका डेभिड विसले नटआउट ४३ रन बनाएको इनिङ्समा क्रेग विलियम्सले ४० रन बनाए । ओपनर स्टेफन बार्डले २९ रन बनाएपनि अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका हसन अली, इमाद वासिम, हरिस रर्फ र सादब खानले समान एक एक विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ८९ रनको विशाल योगफल तयार पारेको थियो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ७९ रनको योगदान गरे । कप्तान बाबर आजमले ७० रन जोड्दा मोहम्मद हफीजले ३२ रनमा आउट भए । नामिवियाका डेभिड वाइजी र जान फ्रायलिङकले एक–एक विकेट हात पारेका थिए ।
समूह बीमा पाकिस्तानले ४ खेलबाट ८ अंक जोड्यो र एक खेल कम खेलेको अफगानिस्तानसँग ४ अंकको अग्रता लिएको छ । नामिबियाले प्रतियोगितामा एक जित सहित २ अंक जोडेको छ । न्युजिल्याण्डले दुई खेलबाट मात्र २ अंक जोडेको छ । सोही समुहमा भारत र स्कटल्याण्डले दुई खेल खेलेका छन् तर अंक विहीन छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार