Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

टी–२० विश्वकपः न्यूजिल्यान्ड सेमिफाइनलमा, भारत बाहिरियो

newzeeland_lyWkN7UcyF-1636331373.jpg

२२ कार्तिक, हेटौंडा । न्यूजिल्यान्ड आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ अन्तर्गत समूह २ मा अफगानिस्तानलाई आज आइतबार ८ विकेटले पराजित गर्दै न्यूजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।
न्यूजिल्यान्डको पाँच खेलमा चौथो जित हो । यस अघि लगातार चार खेल जित्दै पाकिस्तान यसै समूहबाट अन्तिम चारमा प्रवेश गरिसकेको छ । न्यूजिल्यान्डको जितसँगै समान दुई–दुई खेल जितेको भारत र अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् । 
आइतबारको खेलमा न्यूजिल्यान्डले आफगानिस्तानले दिएको १ सय २५ रनको लक्ष्य १८ दशमलब एक ओभरमा कवेल दुई विकेट गुमाएर पुरा गर्यो । न्यूजिल्यान्डको जितमा कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन जोड्दा डेभोन कोनवेले ३६ रन तथा मार्टिन गुप्टिलले २८ रनको योगदान गरे । अफगानिस्तानका राशिद खान र मुजिब उर रहमानले समान एक–एक विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन जोडेको थियो । अफगानिस्तानका लागि नजिबुल्लाह जदरनले सर्वाधिक ७३ रन जोडे । न्यूजिल्यान्डका लागि ट्रेन्ट बोल्टले सर्वाधिक ३ तथा टिम साउथी २ विकेट लिदा एडम मिल्ने, इश सोधी र जेम्स निशानले समान एक–एक विकेट विकेट लिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार