Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

टी–२० विश्वकप: सुपर १२ मा पाकिस्तानको सतप्रतिशत जित

pakkkk-scaled-1636331653.jpg

२२ कार्तिक, हेटौंडा । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानले स्कटल्यान्डमाथि ७२ रनको शानदार जित हात पारेको छ । स्कटल्यान्डमाथिको जितसँगै पाकिस्तानले सुपर १२ को समूह २ अन्तर्गत आफूले खेलेको पाँचवटै खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
पाकिस्तान समूह २ को विजेता बन्दा न्यूजिल्यान्ड उपविजेता टोलीको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह १ को विजेताको रुपमा इंग्ल्यान्ड र उपविजेताको रुपमा अष्ट्रेलिया अन्तिम चारमा प्रवेश गरिसकेको छ । अब सेमिफाइनलमा पाकिस्तानले अष्ट्रेलिया तथा न्यूजिल्यान्डले इंग्ल्यान्डको सामना गर्नेछ । 
आईतबारको खेलमा पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याउने स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १ सय १७ रन जोड्न सक्यो । स्कटल्यान्डका लागि रिची वेरिङटनले सर्वाधिक ५४ रन जोडे । पाकिस्तानका शदाव खानले दुई विकेट लिए । शाहिन शाह अफ्रिदी, हरिस राउफ तथा हसन अलीले एक–एक विकेट हात पारे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले कप्तान बाबर आजम तथा शोएब मलिकको अर्धशतकिय इनिङ्सको सहयोगमा चार विकेट गुमाएर १ सय ८९ रन जोडेको थियो । आजमले ४७ बलमा ६६ रन जोड्दा पाँच चौका र तीन छक्का प्रहार गरेका थिए । मलिकले १८ बलमा ५४ रन जोडेका थिए । उनले एक चौका र छ छक्का हिर्काए । स्कटल्यान्डका क्रिस ग्रेभ्सले सर्वाधिक दुई तथा हम्जा ताहिर र सफ्यान सरिफले एक–एक विकेट हात पारे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार