Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई हरायो 

aaaaaaaaaaaaaaaaaaaaaaaaa-1637068509.jpg

३० कार्तिक, हेटौंडा । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी–२० अन्तराष्ट्रिय क्रिकेटमा कतारलाई पराजित गरेको छ । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा मंगलबार नेपालले कतारलाई १ सय १९ रनले हराएको हो ।
जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ ।
नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११ ओभर ५५ बलमा अलआउट हुँदै २७ रनमा समेटियो । कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८÷८ रन जोडिन । केरी पाउनसेटले ७ तथा रिज्फा बानोले ३ रन बनाईन् । 
कतारलाई सस्तैमा समेट्न नेपालकी कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिईन् । कविता कुँवर र सिता राना मगरले २÷२ तथा करुणा भण्डारीले १ विकेट लिईन् ।
यस अघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । महिला टोलीको यो टी–२० अन्तराष्ट्रियमा कीर्तिमानी योगफल हो । 
नेपालका लागि इन्दु वर्माले अर्धशतकीय इनिङ्स खेलिन् ।। टी–ट्वान्टी अन्तराष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक हो । टी–२० अन्तराष्ट्रियमा अर्धशतक बनाउने उनी पहिलो नेपाली महिला खेलाडी समेत बनिन् ।
यस्तै सिता राना मगरले ३९ रन जोडिन् । सरिता मगर २१ रनमा आउट हुँदा काजल श्रेष्ठले ३ रन जोडिन । कप्तान रुबिना क्षेत्री सुन्य रनमा आउट भईन । कविता कुँवर ८ रनमा अविजित रहदा अप्सरी बेगम सुन्य रनमा अविजित रहिन् । कतारकी सबिजा पानायन र एन्जेलिन मारेले एक एक विकेट लिईन् ।
आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी–२० सिरिज खेलिरहेको हो । विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टिम घोषणा गरिसकेको छ । नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार