Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

कमानेमा जारी कांग्रेस नेतृ स्वर्गीय गुरुङ स्मृति फुटबलको उपाधि मुस्कानलाई

Kamane-football-1637752268.jpg

८ मंसिर, हेटौंडा । नेपाली कांग्रेस मकवानपुकी नेतृ स्वर्गीय चित्रकुमारी गुरुङको स्मृतिमा हेटौंडा–८ कमानेमा सम्पन्न  नकआउट फुटबल प्रतियोगिताको उपाधि नर्मल मुस्कान टिमले जितेको छ ।
बुधबार सम्पन्न फाइनल खेलमा नर्मल मुस्कानले कमाने युनाइटेडलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
विजेता नर्मल मुस्कानले नगद ३० हजार सहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता कमाने युनाइटेडले नगल  १५ हजार पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गरेको छ । 
नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुर र देव नगर टोल विकास संस्थाको संयुक्त आयोजनामा मंसिर १ गतेबाट हेटौंडा –८ कमानेमा स्वर्गीय गुरुङको स्मृतिमा सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता भएको थियो । 
नेपाली कांग्रेस हेटौंडा ८ नम्बर सभापति भुपेन्द्र कोइरालाको सभाध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । 
समापन कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुर अध्यक्ष सविन भट्टाचार्य, नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, मकवानपुरको प्रतिनिधिसभा  क्षेत्र नम्बर १ को ख का सभापति राजेश बानियाँ, खेलकुद विकास समिति मकवानपुर अध्यक्ष सानु लामा, कांग्रेस हेटौंडा नगरका पुर्व सभापति आनन्दराम पराजुली, लोकतान्त्रिक खेलकुद संघ सचिव प्रदिप कँडेल, लगायतको उपस्थिती रहेको थियो । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार