Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अन्तरपालिका कप फुटबलमा थाहा फाइनल प्रवेश

61a30d56cc626_b2ap3_large-1639010430.jpg

२३ मंसिर, हेटौंडा । हेटौंडामा जारी प्रथम अन्तरपालिका पुरुष फुटबल प्रतियोगितामा मकवानपुरको थाहा नगरपालिका फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमीफाइनलमा भीमफेदी गाउँपालिकालाई हराउँदै थाहाले उपाधि भिडन्त पक्का गरेको हो ।
थाहा नगरपालिकाले भीमफेदी गाउँपालिकालाई २–१ गोल अन्तरले हराएको हो । थाहाको जितका लागी रोशन बल र सन्देश बलले एक एक गोल गरे । थाहाका रोशनले ३९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै दोस्रो हाफको पहिलो मिनेटमै थाहाका सन्देश बलले अग्रता दोब्बर पारे । 
भीमफेदीका सविन गोलेले खेलको ६७ औं मिनेटमा गोल गरेपनि टिमलाई हारबाट भने जोगाउन सकेनन् । भीमफेदीले गोल गर्ने केही सुन्दर मौकाहरु खेर फालेको थियो । खेलमा भीमफेदीका गोलरक्षक निशान थापा म्यान अफ द म्याच घोषित भए । 
फाइनल प्रवेशका लागि बिहीबार हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिका खेल्नेछ । शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 
यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत नगदसहित ट्रफीको व्यवस्था रहेको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना एवम् मकवानपुर जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालन भैरहेको प्रतियोगितामा जिल्लाका १० वटै पालिकाको सहभागिता रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार