Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अन्तरपालिका फुटबलको उपाधी थाहाले जित्यो

263014744_271418068361683-1639272523.jpg

२६ मंसिर, हेटौंडा । प्रथम अन्तरपालिका पुरुष फुटबल प्रतियोगिताको उपाधी मकवानपुरको उत्तरी क्षेत्रस्ति थाहा नगरपालिकाले जितेको छ । 
जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा जिल्ला खेलकुुद विकास समिति मकवानपुरको व्यवस्थापनमा भएको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा हेटौंडा उपमहानगरपालिकालाई हराउँदै थाहाले उपाधी जितेको हो ।
निर्धारित ८० मिनेटकोे खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । पहिलो हाफमा २ गोलको अग्रता लिएपनि दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा हेटौंडाले हार व्यहोर्नु परेको हो । 
निर्धारित खेलअवधिमा हेटौंडाका लागि अनिश महर्जन र बिनोद घलानले एक एक गोल गरेका थिए । यस्तै थाहाका लागि राजन गोलेले एक गोल गरेका थिए भने हेटौंडाका आकाश कटुवालको आत्माघाती गोल उपहार पाएको थियो ।
टाइब्रेकरमा भने थाहाको जितको लागी मनिष मोक्तान, बिशाल स्याङतान, सरोज लामा, सन्देश बल, सन्जिव भोम्जन, मनिष लामा र आदर्श श्रेष्ठले गोल गरे यस्तै हेटौंडाका छिरिङ लामा, बिवेक गुरुङ, बिनोद घलान, ललित चौलागाई, गगन शिलवाल र अनिल थापा मगरले गोल गर्दा फत्यमान घलानको प्रहार बाहिरिएको थियो ।
उपाधीसँगै थाहा नगरपालिकाले नगद २ लाख रुपैयाँ नगद पुरस्कार सहित शिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेता बनेको हेटौंडाले १ लाख रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताअन्तर्गत सर्बोत्कृष्ट खेलाडी हेटौंडाका फत्तेमान घले घोषित हुँदै ५ हजार रुपैयाँ प्राप्त गरे । 
बिधागत रुपमा हेटौंडाका गोलरक्षक सफल तिमल्सिना, हेटौंडाका गोलरक्षक सफल तिमल्सिना, डिफेन्डर गगन सिलवाल, थाहाका फरवार्ड राजन गोले र मिडपिल्डर बिशाल स्याङ्तान, प्रशिक्षक नरेन्द्र मोक्तान प्रतियोगिताको उत्कृष्ट बन्दै जनही ३ हजार रुपैयाँ प्राप्त गरे । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार