Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आर्मीलाई सातदोबाटोले बराबरीमा रोक्यो, मच्छिन्द्र र संकटाले अंक बाँडे

football1639751127-1639791905.jpg

३ पुस, हेटौंडा । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएका दुई खेल बराबरीमा सकिएका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शुक्रबार भएको दिनको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले १–१ तथा मच्छिन्द्र क्बल र संकटा क्लबको खेल गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन । 
अन्डरडग टोली सातदोबाटो युथ क्लबसँग आर्मीले १–१ गोलको बराबरी खेल्दै आर्मी तालिकाको दोस्रो स्थानमा पुगेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा भने विभागीय टोलीको क्लब आर्मीले सुरुआती अग्रता निकालेको थियो । 
१० औं मिनेटमा आर्मीका दिनेश हेन्जनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर सातदोेबाटोका अजयी मार्टिन्सले १६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा अवस्थामा ल्याएका थिए । बराबरीसँगै ५ खेलबाट ९ अंक जोड्दै आर्मी तेस्रो स्थानमा यथावत रहेको छ । बराबरीपछि सातदोबाटो ८ अंकसहित पाँचौ स्थानमा छ । 
यस्तै दिनको दोस्रो खेलमा साविक विजेता मच्छिन्द्र पनि छिमेकी क्लब संकटासँग रोकिन पुगेको छ । बराबरीपछि मछिन्द्रलाई एक कम खेलेको मनाङसँग ३ अंकको अग्रता बनाउने अवसर गुमेको छ । बराबरीसँगै शीर्ष स्थानको मछिन्द्रले तालिकामा ११ अंक जोडेको छ । र दोस्रो स्थानको मनाङसँग एक अंकको अग्रता लिएको छ । संकटा ९ अंक जोड्दै शीर्ष चारमा उक्लिएको छ । 
लिगमा आज शनिवार तीन खेल हुँदैछन् । काठमाडौंमा दुई खेल हुनेछन् भने पोखरामा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई आतिथ्यता गर्दै छ । दशरथ रंगशालामा च्यासल युथ क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेल थ्री स्टार र न्यूरोड टिम (एनआरटी)बीच हुनेछ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार