Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राक्सिराङ गाउँपालिका

राक्सिराङ देवीटार स्थित स्वास्थ्य केन्द्रको भवन उदघाटन

Devitar-1639835748.jpg

९ पुस,हेटौंडा–। मकवानपुरको राक्सिराङ–८ स्थित देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शनिबार उद्घाटन गरिएको छ ।राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले देवीटार आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरेका हुन् । 

राक्सिराङको १, ३, ४, ६, ८ र ९ नम्बर वडामा स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि बजेट प्राप्त भएको थियो । जसमध्ये ८ नम्बर वडासहित ९ र ३ नम्बर वडामा भवन निर्माण सम्पन्न भइसकेको छ । ‘बाँकी ४ वटा वडामा पनि स्वास्थ्य केन्द्रको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । अबको केही समयमा नै नयाँ भवनबाट स्वास्थ्य सेवा सुरु गर्छौंं ।’ गाउँपालिका अध्यक्ष मल्लले भने ।

देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गर्दै अध्यक्ष मल्लले अहिले वडा वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सेवा दिइरहेको र  अझै यो सेवा विस्तार गर्ने योजनामा  रहेको बताए। 

गाउँपालिकाका ९ वटा वडामा हाल १० वटा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन् । जसमध्ये ४ वटा केन्द्रमा सुत्केरी सेवासमेत सञ्चालनमा छ । चैनपुरमा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नती गरी १० बेडको अस्पताल सञ्चालन अन्तिम चरणमा छ । गाउँपालिकाको केन्द्र चैनपुरमा डाक्टरको सेवासमेत उपलब्ध भइसकेको छ ।

गाउँपालिकामा करिब सवा दुइ करोडको लागतमा पक्की स्वास्थ्य संरचना निर्माण भएको छ । गत वर्ष ठेक्का लागेर निर्माण सुरु भएका ६ वटा स्वास्थ्य सेवा केन्द्रको भवनमध्ये केहीको निर्माण सम्पन्न भइसकेको छ भने केहीको निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ । स्वास्थ्य मन्त्रालयले राक्सिराङका ६ वटा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणको लागि प्रति भवन ३८ लाख रुपैयाँका दरले २ करोड  २८ लाख रुपैयाँ छुट्याएको थियो ।

राक्सिराङ–८ का वडाध्यक्ष रामकृष्ण प्रजाको अध्यक्षतामा भएको देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, नेपाली कांग्रेस राक्सिराङ गाउँपालिकाका उपसभापति मोहन नगरकोटी, देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रकी ईञ्चार्ज रजनी थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न एक रोपनी जग्गा दान गर्ने सिताराम स्याङ्तान र समयमै भवन निर्माण सम्पन्न गरेको भन्दै निर्माण कम्पनीका प्रतिनिधिलाई पनि सम्मान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

थप समाचार