Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

मकवानपुरगढी गाउँपालिका

कपाल नकाट्ने विद्यार्थीको कपाल काट्दै चण्डिका मावि

Chandika-1640041693.jpg

६ पुस,हेटौंडा। विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कपाल काट्ने भनेपनि कपाल काट्न अटेरसँगै मकवानपुरको एक सामुदायिक विद्यालयले विद्यार्थीको विद्यालय परिसरमै कपाल काट्ने अभियान सञ्चालन गरेको छ। 

मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ शिखरकटेरीमा रहेको चण्डिका माध्यामिक विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीको कपाल काट्ने अभियान सञ्चालन गरेको हो । 

'बालबालिकामा अनुशासन कपाल कटाई ' अभियान भन्ने मुल मन्त्रका साथ सोमबारबाट कपाल काट्ने अभियान सुरु भएको हो । विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष युवा समाजसेवी राजकुमार गोलेको व्यक्तिगत खर्चमा कक्षा १ देखि १२ सम्मका छात्रहरुको कपाल काटिएको विद्यालयका सहायक प्रधानाध्यापक वीरबहादुर गोलेले बताएका छन।विद्यार्थीलाई अनुशासनको दायरामा ल्याउन विद्यालयमा नै कपाल काट्ने अभियान सुरु गरिएको गोलेले बताए । 

हेटौंडाबाट तीन जना कपाल काट्ने हजामलाई  विद्यालयमा नै उपस्थित गराई आफ्नै खर्चमा विद्यार्थीहरुको कपाल काट्ने कामको सुरुवात गरेको विद्यालयका अध्यक्ष गोलेले बताएका छन । विद्यालयमा नै यो कार्यक्रम नौलो भएको र यसलाई अभियानकै रुपमा लैजाने उनले बताए । कक्षा १ देखी १२ सम्मका लामा कपाल पाल्ने विद्यार्थीको कपाल काटी स्वास्थ्य र सफा देखिने गरी विद्यार्थी पठनपाठनमा आउने वातावरण सिर्जना गरेको उनले बताए।

पहिलो चरणमा सोमबार ७५ जनाको कपाल काटेको र आफु विद्यालयको अध्यक्ष रहुन्जेल यस अभियानलाई निन्तरता दिइने समेत गोलेले बताएका छन् । विद्यालयमा नै बोलाएर कपाल काट्दा केही विद्यार्थीहरले व्यवस्थापन समितिका अध्यक्षको कदमको स्वागत गरेका छन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार