Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

झरी र तिम्रा यादहरु

Screenshot_20211229-19593-1640787362.jpg

- ✍️ उत्सब चौलागाईं

यो झिसमिसे
यो वर्षात
अलिमाथि सैलुङजस्तै देखिने डाँडा
त्यसको फेदैफेद दौडिहिँड्ने बादल
झ्यालको खापामा 
ढेस्सिँदै भित्र छिर्ने बाछिटा
यी सबै सबै तिम्रा याद हुन् ।

तिमी पहिलोपटक
रुझेको सम्झन्छु
झरी छेलिन
मेरो छातीको ओत लागेको
लागेको सम्झन्छु ।

अनायासै बढेर 
आएको तिम्रो  ढुकढुकी
एक्कासि उर्लिएको स्वासप्रस्वास
पसिनाको चिट्चिटाहटले भिजेको म
यी सबै सबै अचानक भए
र अचानक नै बिते ।

माथि बादल झुन्डिरहेको आकाश हेर्छु
तँछाडमछाड गर्दै 
खसिरहेका थोपाहरू हेर्छु
थोपा थोपाहररू धुरिएर रमाउँदै
उँधो कुदिरहेको हेर्छु
भर्खरै फुलिरहेका 
आरु बखडाका फूलहरू
बैँशालू वर्षातले लुछिरहेको हेर्छु
यी सबै सबै एकै खेप भइरहेछ
र एकै खेपमा सकिरहेछन् ।

तर 
तिमी अनि 
तिम्रो याद
थाहा छैन 
अझै कति झरिसम्म साथ रहन्छ
कति थोपाहरुको नदी भएसम्म रहन्छ
कति भुइँफूलको जीवनसम्म रहन्छ
गुराँसले कति खेप बैँस फेरेसम्म रहन्छ
या मैले कति पटक सास फेर्नुपर्छ
तिमीलाई हमेशा सम्झिरहनलाई ।

यसरी आइपुग्छौ अचानक तिमी
न त हटाउन सक्छु तिमीलाई
न त अटाउन सक्छु तिमीलाई
न त मेटाउन सक्छु तिम्रो यादहरूलाई
सिर्फ आफुभित्रै अटाएर राख्न विवश छु ।

चुपचाप ! 
सायद तिम्रो यादहरूसँगै 
हराइरहन बानी पर्नु छ अब
जसरी वर्षातले उर्बर बनाउँछ बन्जर माटोलाई
उसै गरी उर्बर याद तयार गर्न रुझ्नुछ 
अझै सम्झनाहरूमा !


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

थप समाचार