१८ पुस, हेटौंडा । मकवानपुरगढी गाउँपालिकाको आर्थिक सयोग एवं आमभञ्ज्याङ युवा क्लबको आयोजनामा भएको जिल्ला स्तरीय रनिङशिल्ड भलिवल प्रतियोगिताको उपाधि थाहा नगरपालिकाको सहिद सुनिता स्मृति प्रतिष्ठानले जितेको छ ।
शनिवार भएको फाइनलमा खेलमा आयोजक आयोजक आमभञ्ज्याङ युवा क्लबलाई सोझो सेटमा हराउँदै प्रतिष्ठानले उपाधि जितेको हो । फाइनलमा प्रतिष्ठानले आयोजक आमभञ्ज्याङ युवा क्लबलाई २५–१७, २५–१६ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो ।
प्रतियोगिताको उपाधि जितेको प्रतिष्ठानले ६६ हजार ६ सय ६६ रुपैयाँसहित रनिङशिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । यस्तै उपविजेतामा सिमित भएकोे आयोजकले ३३ हजार ३ सय ३३ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ ।
यसैगरी शनिवार बिहान तेस्रो स्थानको लागि भएको खेलमा आग्रा खेल बिकास समितिले हेटौंडाको छाहारी युवा सेवा समाजलाई १९–२०, २५–२०, २५–१६, २१–१९ अंकले पराजित गर्न सफल भएको छ । तेस्रो भएको आग्रा खेल विकास समितिले १५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । छहारीले ५ हजार नगद पायो ।
प्रतियोगितामा विद्यागत तर्फ आग्राका सविन कार्की वेष्ट ब्लकर, प्रतिष्ठानका राजकुमार कर्मचार्य वेष्ट सेटर, आमभञ्याङका आषिश घलान वेष्ट स्पाईकर र प्रतिष्ठानका राजाराम घलान वेष्ट प्लेयर भए । उनीहरुले जनही नगद पाँच हजार नगदसहित ट्रफि पाएका छन् । विजयी टिम र खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंंले पुरस्कार प्रदान गरेका थिए ।
यस्तै उक्त अवसरमा तत्कालीन आमभञ्ज्याङ गाविसमा भलविल खेलको सुरुवात गरेको भन्दै शम्भु हुमागाईं, अर्जुन हुमागाईं, इन्द्रप्रसाद सञ्जेल, स्वर्गीय लक्ष्मण सञ्जेल परिवारलगायतलाई सम्मान प्रदान गरिएको थियो । यसैगरी प्रतियोगिताका संयोजक इन्द्रप्रसाद सञ्जेलले तत्कालीन राष्ट्रिय भलिबलका मुख्य प्रशिक्षक स्वर्गीय केशवलाल श्रेष्ठको नाममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट मकवानपुरका पत्रकार धर्मेन्द्र दाहाल पुरस्कृत भएका छन् ।
समापन कार्यक्रममा भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, मकवानपुरगढीको वडा नम्बर ५ का अध्यक्ष जीतबहादुर घिमिरे, ३ नम्बर वडाका वडाध्यक्ष भागवत घिमिरे, ४ नम्बर वडाका वडाध्यक्ष रामप्रसाद तिमल्सिना, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव बलराम घिमिरेलगायतकाको आतिथ्यता थियो ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







