१८ पुस, हेटौंडा । मकवानपुरगढी गाउँपालिकाको आर्थिक सयोग एवं आमभञ्ज्याङ युवा क्लबको आयोजनामा भएको जिल्ला स्तरीय रनिङशिल्ड भलिवल प्रतियोगिताको उपाधि थाहा नगरपालिकाको सहिद सुनिता स्मृति प्रतिष्ठानले जितेको छ ।
शनिवार भएको फाइनलमा खेलमा आयोजक आयोजक आमभञ्ज्याङ युवा क्लबलाई सोझो सेटमा हराउँदै प्रतिष्ठानले उपाधि जितेको हो । फाइनलमा प्रतिष्ठानले आयोजक आमभञ्ज्याङ युवा क्लबलाई २५–१७, २५–१६ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो ।
प्रतियोगिताको उपाधि जितेको प्रतिष्ठानले ६६ हजार ६ सय ६६ रुपैयाँसहित रनिङशिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । यस्तै उपविजेतामा सिमित भएकोे आयोजकले ३३ हजार ३ सय ३३ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ ।
यसैगरी शनिवार बिहान तेस्रो स्थानको लागि भएको खेलमा आग्रा खेल बिकास समितिले हेटौंडाको छाहारी युवा सेवा समाजलाई १९–२०, २५–२०, २५–१६, २१–१९ अंकले पराजित गर्न सफल भएको छ । तेस्रो भएको आग्रा खेल विकास समितिले १५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । छहारीले ५ हजार नगद पायो ।
प्रतियोगितामा विद्यागत तर्फ आग्राका सविन कार्की वेष्ट ब्लकर, प्रतिष्ठानका राजकुमार कर्मचार्य वेष्ट सेटर, आमभञ्याङका आषिश घलान वेष्ट स्पाईकर र प्रतिष्ठानका राजाराम घलान वेष्ट प्लेयर भए । उनीहरुले जनही नगद पाँच हजार नगदसहित ट्रफि पाएका छन् । विजयी टिम र खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंंले पुरस्कार प्रदान गरेका थिए ।
यस्तै उक्त अवसरमा तत्कालीन आमभञ्ज्याङ गाविसमा भलविल खेलको सुरुवात गरेको भन्दै शम्भु हुमागाईं, अर्जुन हुमागाईं, इन्द्रप्रसाद सञ्जेल, स्वर्गीय लक्ष्मण सञ्जेल परिवारलगायतलाई सम्मान प्रदान गरिएको थियो । यसैगरी प्रतियोगिताका संयोजक इन्द्रप्रसाद सञ्जेलले तत्कालीन राष्ट्रिय भलिबलका मुख्य प्रशिक्षक स्वर्गीय केशवलाल श्रेष्ठको नाममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट मकवानपुरका पत्रकार धर्मेन्द्र दाहाल पुरस्कृत भएका छन् ।
समापन कार्यक्रममा भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, मकवानपुरगढीको वडा नम्बर ५ का अध्यक्ष जीतबहादुर घिमिरे, ३ नम्बर वडाका वडाध्यक्ष भागवत घिमिरे, ४ नम्बर वडाका वडाध्यक्ष रामप्रसाद तिमल्सिना, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव बलराम घिमिरेलगायतकाको आतिथ्यता थियो ।
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















