१८ पुस, हेटौंडा । ब्रिगेड ब्वाइज क्लबलाई १ –० ले हराउदै मनाङ मस्र्याङ्दी क्लब लिगको शीर्ष स्थानमा उक्लेको छ । शनिवार पोखरास्थित घरेलु मैदानमा मनाङका अञ्जन विष्टले ब्रिगेड ब्वाइज विरुद्ध गरेको निर्णायक गोलले मनाङ मस्र्याङ्दी क्लबलाईसहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा पु¥याएको हो ।
पोखरा रंगशाला फुटबल मैदानमा अञ्जनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । उक्त जितसँगै मच्छिन्द्रलाई पछि पार्दै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । यस सँगै मनाङको १६ अंक पुगेको छ मच्छिन्द्रको १४ अंक छ ।
एएफसी च्यालेन्ज कपका लागि छनोट हुन मनाङको सम्भावना बलियो बन्दै गएको छ । सातौं चरणको खेल अन्तर्गत मच्छिन्द्रले आइतबार पुलिससँग खेल्नेछ । मच्छिन्द्र र पुलिसबीचको खेलले नै मनाङ एएफसीका लागि छनोट हुने÷नहुने निर्धारण गर्नेछ ।
एन्फाले सातौं चरणको खेलसम्म एएफसी लाइसेन्सप्राप्त क्लबमध्ये शीर्ष स्थानमा हुने टिम एएफसी च्यालेन्ज कपको लागि छनोट हुने निर्णय गरेको थियो । मच्छिन्द्रले पुलिसलाई हराउँदा ३ अंक जोडिएर १७ पुग्छ । यसो हुँदा मच्छिन्द्र नै छनोट हुन्छ ।
मच्छिन्द्रलाई पुलिसले बराबरीमा रोक्यो भने एक–एक अंक बाँडिदा मच्छिन्द्रको १५ अंक मात्रै पुग्छ । त्यसो भयो भने मनाङ एएफसी च्यालेन्ज कपका लागि छनोट हुन्छ ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







