Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मकवानपुरका सुनिल बल लिगको सर्वोत्कृष्ट खेलाडी

Sunil-bal-1645922589.jpg

१५ फागुन, हेटौंडा । मकवानपुरे फुटबल खेलाडी सुनिल बल सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्  ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न लिगमा सुनिल सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । सर्वोत्कृष्ट खेलाडी बनेका सुनिलले नगद ३ लाख प्राप्त गरेका छन् ।
उनी सम्मिलित मछिन्द्र फुटबल क्लब लगातार यसबर्ष पनि लिग च्याम्पियन बनेको छ । मछिन्द्रलाई लगातार लिग च्याम्पियन बनाउन सुनिलको भुमिका महत्वपूर्ण रहेको थियो । उनले लिग अवधिभर ६ गोल समेत गरेका थिए । 
यस्तै यसबर्षको उदीयमान खेलाडीको पुरस्कार त्रिभुवन आर्मी फुटबल क्लवका दिनेश हेन्जनले प्राप्त गरेका छन् । उनले बागमती प्रदेशबाट १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । 
उत्कृष्ट गोलरक्षकको पुरस्कार मछिन्द्रका विशाल श्रेष्ठले प्राप्त गरे । उनलाई नगद २ लाख रुपैयाँ प्रदान गरिएको थियो । यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार फ्रेण्ड्सका जमोल एन्थोनी फ्रान्कोइसले प्राप्त गरे । उनले लिगमा ७ गोल  गरेका थिए । 
एनआरटीका मेसुके ओलुमोले पनि समान ७ गोल गरेका भएपनि कम समय खेलेको आधारमा जमोल एन्थोनीलाई प्रदान गरिएको थियो । फेयर प्ले टिमको अवार्ड भने सातदोबाटो युथ क्लबले जितेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार