२७ फागुन, हेटौंडा । युएईमा हुने विश्व क्रिकेट लिग–२ को तयारी स्वरूप अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले बिहीबार श्रीलंका पुलिसालई १ सय ४४ रनले पराजित गर्दै जितलाई निरन्तरता दिएको छ ।
नेपालले दिएको ३ सय ३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६ ओभर ५ बलमा मात्र १ सय ८७ रन बनाउँदा अलआउट भयो । श्रीलंका पुलिसका कप्तान सी सिल्भाले ६४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै एस मौर्याले ५० तथा एल वेभिताले ३७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
नेपालको जितमा करण केसीले अलराउण्ड प्रदर्शन गरे । विस्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका करणले बलिङतर्फ ३ विकेट हात पारे । यस्तै सागर ढकाल, कमल सिंह ऐरी तथा कप्तान सन्दीप लामिछानेले समान २÷२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३१ रन बनायो । श्रीलंका पुलिसविरुद्ध नेपालका रोहितकुमार पौडेलले सर्वाधिक ७२ रनको इनिङ खेले । कुशलले ५७ रनको अर्धशतकीय इनिङ खेल्दा करणले ५३ रन जोडे । अर्का ओपनर आसिफ ५२ रन बनाएर मैदान बाहिरिए ।
कमल सिंह ऐरीले अविजित ४५ रनको योगदान गरे । आरिफ शेखले २६, बिनोद भण्डारीले ३, पवर सर्राफले ३ र भिम सार्कीले २ रन बनाए । श्रीलंका पुलिसका टी सम्पथ र एम प्रियदर्शनाले समान २÷२ विकेट हात पारे ।
४ अभ्यास खेलका लागी श्रीलंकामा रहेको नेपाली टोली मार्च १४ मा युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत हुने एकदिवसीय सिरिजको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले उक्त सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







