Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

बागमती प्रदेश खेलकुद प्रतियोगिता आजबाट सुरु हुँदै 

pradesh-khelkud-bikash-pa-1647062171.jpg

२८ फागुन, हेटौंडा । प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता आजबाट सुरु हुँदैछ । हेटौंडास्थित पिप्ले क्याम्पा रङ्गशालामा आजबाट सुरु हुने प्रतियोगिता अपराह्न ४ बजे विशेष कार्यक्रमकाबीच औपचारिक उद्घाटन हुनेछ । 
मुख्य मन्त्री राजेन्द्र पाण्डेले ओलम्पिक ट्रर्च ओलम्पियन बैकुण्ठ मानन्धरलाई हस्तान्तर गरेपछि प्रतियोगिता औपचारिक रुपमा सुरु हुनेछ । बागमती प्रदेशका १३ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा एथलेटिक्स, फुटबल, भलिबल, कराँते, तेक्वान्दो, ब्याडमिन्टन, क्रिकेट र बक्सिङ खेलका १ हजार ८ सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । 
एथलेटिक्सका महिला १ सय १७ पुरुष १ सय ४३, फुटबलमा महिला १ सय ८० पुरुष २ सय ३४ खेलाडी रहेका छन् । भलिबलमा महिला÷पुरुष समान १ सय २२ खेलाडी रहेका छन् । कराँतेका महिला ९१,पुरुष १ सय १६, तेक्वान्दो १ सय १४, पुरुष १ सय २१ खेलाडीहरूले आ–आफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । 
त्यसैगरी ब्याडमिन्टनमा ४४ महिला, ७२ पुरुष, क्रिकेटमा ४२ महिला र १ सय ६८ पुरुष, बक्सिङमा २८ महिला र ८६ पुरुष खेलाडी रहेका छन् । प्रतियोगिता अन्तर्गतका विभिन्न खेलहरु हेटौंडामा मात्र नभई बागमती प्रदेशका विभिन्न जिल्लामा आयोजना हुनेछन् । यस्तै प्रतियोगिताको उद्घाटन हेटौंडामा हुँदा समापन कार्यक्रम भने आगामी चैत्र १२ गते काभ्रेको धुलिखेलमा हुने छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार