२८ फागुन, हेटौंडा । बागमती प्रदेशमा आजबाट खेलकुद महाकुम्भ आरम्भ भएको छ। बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा सुरु भएको प्रथम खेलकुद प्रतियोगिताको शनिबार साँझ उदघाटनको गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले ओलम्पिक टर्च बालेर ओलम्पियन धावक बैकुण्ठ मानन्धर टर्च हस्तान्तरण गर्दै प्रतियोगिताको उदघाटन गरेका हुन।
प्रतियोगिताको हेटौंडा-५ मा रहेको पिप्ले क्याम्पा रंगशालामा उदघाटन गरिएको हो। उदघाटन कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुती, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न तामाङ, नेवाः, थारु समुदायले आफ्नो झाँकी तथा खैजेडी र पञ्चेबाजाको साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरेको थियो ।
बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको सभाध्यक्षता तथा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख अतिथ्यता रहेको उदघाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाल ओलम्पिक समितिका अध्यक्ष जिवनराम श्रेष्ठ र प्रदेश सभामुख सानुकुमार श्रेष्ठको विशिष्ट अतिथ्यता रहेको थियो ।
कार्यक्रममा हिजो मात्र उदघाटन गरिएको पिप्ले क्याम्पा मिनि रंगशाला निर्माणमा योगदान पुरयाएको भन्दै पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा पिप्ले युवा क्बलका अध्यक्ष सुशील घिमिरेलाई सम्मान गरिएको थियो । प्रतियोगिता अन्तरगत मकवानपुरमा आइतबार पुरुष तर्फको फुटबल हुनेछ । पहिलो खेल समूह (ख) का चितवन र ललितपुरबीच हुने परिषदले जनाएको छ । खेल नकआउट चरणमा हुनेछ ।
प्रतियोगितामा ८ वटा खेल हुनेछ । मकवानपुरमा आइतबारबाट पुरुष फुटबल, व्याडम्निटन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट खेल खेलाइने परिषद्का सदस्य सचिव सुर्यलाल भणडारीले बताए। यता सिन्धुपाल्चोकमो चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







