Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

महिला पुरुष दुबै भलिबल खेलमा चितवन प्रथम

Screenshot_20220317-20150-1647528011.jpg

३ चैत, हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद अन्तरगत  महिला र पुरुष भलिबलमा चितवन प्रथम  भएको छ। 
चितवनको माडी खेल मैदानमा भएको महिला भलिबल तर्फ चितवन प्रथम भएको छ । विहीबार भएको फाइनल खेलमा रामेछापलाई सोझो सेटमा हराउदैं चितवन प्रथम भएको हो । 
चितवनले रामेछापलाई  २५–१०,२५–१८,२५–११ को सोझो सेटमा हराएको थियो । पुरुष तर्फ पनि चितवन नै प्रथम भएको छ । आजै भएको फाइनल खेलमा सिन्धुलीलाई सोझो सेटमा हराउदैं प्रथम भएको हो । चितवनले सिन्धुलीलाई २५–२१,२५–२१,२५–१९ को सोझो सेटमा हराएको खेल संयोजक अशोककाजी थापाले बताउनुभयो ।  विजेता र उपविजेतालाई बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे लगायतका व्यक्तित्वहरुले मेडल, नगद र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 
प्रतियोगिताको पुरुष फुटबलतर्फ आज भएको खेलमा दोलखा र ललितपुर विजयी भएका छन् । हेटौंडाको क्याम्पा रंगशालामा जारी खेलको पहिलो क्वाटरफाइनल खेलमा ललितपुर र रामेछापबीच भएको थियो । निर्धारित समयमा गोल नभएपछि ट्राइवेकरमा रामेछापलाई हराउदैं ललितपुर सेमीफाइनल प्रवेश गरेको छ । ललितपुरले ट्राइवेकरमा ४–१ गोलअन्तरले रामेछापलाई पराजित गरेको हो । 
त्यस्तै, दोस्रो खेल दोलखा र भक्तपुरबीच भएको थियो । भक्तपुरलाई ३–१ गोल अन्तरले दोलखाले सेमीफाइनल यात्रा तय गरेको छ । दोलखाका मिलन श्रेष्ठले ३७ मिनेटमा पहिलो गोल गरेका थिए । भक्तपुरका सनिश खड्गीले ४८ मिनेटमा दोलखादाई एक गोल फर्काएका थिए । 
खेलको दोस्रो हाफमा दोलखाका धिरज खत्रीले ६४ र सञ्जय जिरेलले ९२ मिनेटमा एक÷एक गोल गरेका थिए । गोल सँगै दोलखा सेमीफाइनल प्रवेश गराएका छन् । 
विहीबार दुई खेल हुनेछन् । पहिलो सेमीफाइनल खेल ललितपुर र धादिङबीच हुनेछ भने दोस्रो खेल दोलखा र मकवानपुरबीच हुने खेल संयोजक कल्पना शर्माले बताउनुभयो । खेल नकआउट चरणमा खेलाइएको छ ।    
पुरुष क्रिकेटतर्फ चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरुष तर्फको जारी क्रिकेट खेलको  पहिलो खेलमा सुपर ओभरमा  दोलखालाई हराउदैं ललितपुर विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाउदैं १४९ रन बनाएको थियो । खेलमा दोलखाले पनि २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो । 
बराबरी रन पश्चात सुपर ओभर अन्तरगत एक÷एक ओभर खेल्दा दोलखाले १३ रन र ललितपुरले १६ रन बनाउदैं ललितपुर विजयी भएको हो । 
त्यस्तै, दोस्रो खेलमा काभ्रे ९ विकेटले विजयी भएको छ । टस जितेर बलिङ रोजेको काभ्रेलाई सिन्धुपाल्चोकले ५ विकेट गुमाएर १५७ रन बनाएको थियो । 
काभ्रेले एक विकेट गुमाएर १२.१ ओभरमा १६१ रन बनाएकोे खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताउनुभयो ।  शुक्रबार दुई खेल हुनेछ । पहिलो खेल भक्तपुर र काभ्रे तथा दोस्रो खेल मकवानपुर र ललितपुरबीच हुने क्षेत्रीले बताउनुभयो । प्रतियोगितामा  सिन्धुलीले सहभागिता जनाएको छैन ।
मकवानपुरमा चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव सुर्यलाल भण्डारीले बताए ।
प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार