३ चैत, हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद अन्तरगत महिला र पुरुष भलिबलमा चितवन प्रथम भएको छ।
चितवनको माडी खेल मैदानमा भएको महिला भलिबल तर्फ चितवन प्रथम भएको छ । विहीबार भएको फाइनल खेलमा रामेछापलाई सोझो सेटमा हराउदैं चितवन प्रथम भएको हो ।
चितवनले रामेछापलाई २५–१०,२५–१८,२५–११ को सोझो सेटमा हराएको थियो । पुरुष तर्फ पनि चितवन नै प्रथम भएको छ । आजै भएको फाइनल खेलमा सिन्धुलीलाई सोझो सेटमा हराउदैं प्रथम भएको हो । चितवनले सिन्धुलीलाई २५–२१,२५–२१,२५–१९ को सोझो सेटमा हराएको खेल संयोजक अशोककाजी थापाले बताउनुभयो । विजेता र उपविजेतालाई बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे लगायतका व्यक्तित्वहरुले मेडल, नगद र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
प्रतियोगिताको पुरुष फुटबलतर्फ आज भएको खेलमा दोलखा र ललितपुर विजयी भएका छन् । हेटौंडाको क्याम्पा रंगशालामा जारी खेलको पहिलो क्वाटरफाइनल खेलमा ललितपुर र रामेछापबीच भएको थियो । निर्धारित समयमा गोल नभएपछि ट्राइवेकरमा रामेछापलाई हराउदैं ललितपुर सेमीफाइनल प्रवेश गरेको छ । ललितपुरले ट्राइवेकरमा ४–१ गोलअन्तरले रामेछापलाई पराजित गरेको हो ।
त्यस्तै, दोस्रो खेल दोलखा र भक्तपुरबीच भएको थियो । भक्तपुरलाई ३–१ गोल अन्तरले दोलखाले सेमीफाइनल यात्रा तय गरेको छ । दोलखाका मिलन श्रेष्ठले ३७ मिनेटमा पहिलो गोल गरेका थिए । भक्तपुरका सनिश खड्गीले ४८ मिनेटमा दोलखादाई एक गोल फर्काएका थिए ।
खेलको दोस्रो हाफमा दोलखाका धिरज खत्रीले ६४ र सञ्जय जिरेलले ९२ मिनेटमा एक÷एक गोल गरेका थिए । गोल सँगै दोलखा सेमीफाइनल प्रवेश गराएका छन् ।
विहीबार दुई खेल हुनेछन् । पहिलो सेमीफाइनल खेल ललितपुर र धादिङबीच हुनेछ भने दोस्रो खेल दोलखा र मकवानपुरबीच हुने खेल संयोजक कल्पना शर्माले बताउनुभयो । खेल नकआउट चरणमा खेलाइएको छ ।
पुरुष क्रिकेटतर्फ चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरुष तर्फको जारी क्रिकेट खेलको पहिलो खेलमा सुपर ओभरमा दोलखालाई हराउदैं ललितपुर विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाउदैं १४९ रन बनाएको थियो । खेलमा दोलखाले पनि २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो ।
बराबरी रन पश्चात सुपर ओभर अन्तरगत एक÷एक ओभर खेल्दा दोलखाले १३ रन र ललितपुरले १६ रन बनाउदैं ललितपुर विजयी भएको हो ।
त्यस्तै, दोस्रो खेलमा काभ्रे ९ विकेटले विजयी भएको छ । टस जितेर बलिङ रोजेको काभ्रेलाई सिन्धुपाल्चोकले ५ विकेट गुमाएर १५७ रन बनाएको थियो ।
काभ्रेले एक विकेट गुमाएर १२.१ ओभरमा १६१ रन बनाएकोे खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताउनुभयो । शुक्रबार दुई खेल हुनेछ । पहिलो खेल भक्तपुर र काभ्रे तथा दोस्रो खेल मकवानपुर र ललितपुरबीच हुने क्षेत्रीले बताउनुभयो । प्रतियोगितामा सिन्धुलीले सहभागिता जनाएको छैन ।
मकवानपुरमा चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव सुर्यलाल भण्डारीले बताए ।
प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







