Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आईसीसी विश्वकप लिग टुमा नेपाल अमेरिकासँग पराजित

c-0-1655341537.jpg

file photo

२ असार, हेटौंडा । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । बिहीबार बिहान सकिएको खेलमा नेपाललाई अमेरिकाले ३९ रनले हराएको हो ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन मात्र बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै सोमपाल कामीले ४७ रन जोड्दा देव खनालले ३४ रन बनाए । आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेल १० रनमा आउट भए । दिपेन्द्र सिंह ऐरीले ७, आदील अन्सारीले ४, करण केसीले १ र कप्तान सन्दीप लामिछाने सुन्यमा रन आउट भए । अमेरिकाका अलि खान र सौरभ नेत्राभाल्करले ३÷३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन जोडेको थियो । अमेरिकाका लागि अर्धशतकीय इनिङ खेलेका गजानन्द सिंहले ५८ रनको योगदान दिए । यस्तै सुशान्त मोदानीले ५४, आरोन जोन्सले ४३, सैटिजा मुक्कामल्लले ३६ रन बनाउँदा निसर्ग पटेल १८ र क्यामरुन स्टेभेनसन १६ रनमा अविजित रहे । नेपालका करण केसीले ३, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १÷१ विकेट लिए । 
यस जितसँगै अमेरिकाले सिरिजमा सुखद अन्त्य गरेको छ  । सिरिज अन्तर्गत नै यस अघिको भेटमा नेपाल र अमेरिकाबीचको खेल ’टाइ’ भएको थियो  । लिग टु को अंक तालिकामा नेपाल पाँचौं स्थानमा रहेको छ । नेपालले १६ खेलमा १५ अंक जोडेको छ । अमेरिका २४ खेलमा २३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यस सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । यस्तै ओमानविरुद्धको दोस्रो भेटमा नेपालले ७ विकेटको जित निकालेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार