Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

१२ औँ संस्करणको राष्ट्रपति रनिङशिल्ड बकैयाको बुद्ध माविले जित्यो

289645578_290520842295871-1656854771.jpg

१९ असार, हेटौंडा । मकवानपुर जिल्ला स्तरिय १२ औ राष्ट्रपति रनिङ शिल्ड बुद्ध मावि बकैयाले जितेको छ । मकवानपुरका दश पालिका मध्ये ८ वटाको सहभागितामा भए जिल्ला स्तरिय प्रतियोगितामा बुद्ध माविले १० स्वर्ण, ३ रजत र ३ कास्य पदक प्राप्त गरि शिल्ड फेरी पनि जितेको हो । 
अघिल्लो बर्ष पनि पनि बुद्धले नै शिल्ड जितेको थियो । यस्तै जनकल्याण मावि थाहागरपालिकाले ५ स्वर्ण, ४ रजत र १ कास्य पदक सहित दोस्रो भएको छ भने हेटौडाको जनपृय मावि ४ स्वर्ण, ३ रजत र २ कास्य सहित तेस्रो भएको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए । 
प्रतियोगिता अन्तर्गत भलिवलको छात्र तर्फ सुृन्दरी देवी मावि थाहानगर प्रथम, अरनीको मावि हेटौडा द्धितीय र कालिका मावि कैलाश तृतीय भएका छन् । यस्तै छात्रा तर्फ जकल्याण मावि प्रथम, भानुमावि मकवानपुर गढी दोस्रो र कालिका मावि ई्न्द्रसरोवर तृतीय भएका छन् । 
कबड्डीमा छात्र तर्फ जनपृय हेटौडा प्रथम,जनकल्याण थाहा द्धितीय र चण्डीका मावि गढी तृतीय भएका छन् । यस्तै कबड्डीमा छात्रा तर्फ जनकल्यण प्रथम, चन्द्रोदय  मावि हेटौडा द्धितीय र बंशगोपाल मकवानपुर गढी तृतीयभएका छन् । 
उत्कृष्ट खेलाडीहरुमा एथलेटिक्समा बुद्धका आयुस नेगी र करुणा पाख्रीन बालबोध मावि हेटौडा, भलिवलमा सुन्दरीदेवीका पुजन गुरुङ र जनकल्याणकी सविना रुम्वा तथा कबड्डीमा जनपृयका निश्चल थापा तथा जनकल्याणकी कंचन घले भएका छन् । 
विजेता खेलाडी तथा विद्यालयहरुलाई बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्यलाल भण्डारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेस खड्की, नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र साही, विभिन्न खेल संघका अध्यक्षहरुले मेडलशिल्ड र प्रमाणपत्र वितरण गरेका थिए । 
दुई दिन सम्म सन्चालन भएको प्रतियोगिताका विजेता खेलाडीहरुले बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेल्ने छन् । प्रदेश प्रतियोगिता यही असार २५ गते देखि काठमाडौमा हुने जानकारी दिईएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार