Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

‘महालक्ष्मी साहित्य पुरस्कार’ मुकारुङलाई, पत्रकारिता पुरस्कार दाहाललाई

oo-1657359451.jpg

२५ असार, हेटौंडा । यस बर्षको ‘महालक्ष्मी साहित्य पुरस्कार’ भोजपुरका प्रसिद्ध साहित्यकार तथा गीतकार श्रवण मुकारुङलाई र ‘केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार’ मकवानपुरका पत्रकार राममणी दाहाललाई प्रदान गरिएको छ । 
महालक्ष्मी बैंकसंगको सहकार्यमा मातृभूमि साहित्य समाज मकवानपुरले प्रदान गर्दै आएको ५१ हजार राशीको साहित्य पुरस्कार मुकारुङलाई प्रदान गरिएको हो । यस्तै मातृभूमिको संयोजन एवम् व्यवस्थापनमा ईश्वर मैनालीले बुवाको नाममा स्थापना गरेको ‘केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार मकवानपुरे अग्रज पत्रकार दाहाललाई प्रदान गरिएको हो । 
पुरस्कारको राशी नगद ७ हजार ५ सय रुपैयाँ रहेको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार केशवराज आमोदी, आयोजक संस्थाका अध्यक्ष माधव पोख्रेल, हाम्रो मझेरी साहित्यिक प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी ‘अन्जली’ लगायतले मुकारुङ र दाहाललाई नगदसहित सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएका हुन् । 
पुरस्कृत प्रसिद्ध साहित्यकार तथा गीतकार मुकारुङले सम्मानले लेखन कार्यलाई थप मद्दत पुग्ने धारणा राखे । ‘लेखकले प्राप्त गर्ने पुरस्कार भनेकै सम्मान हो’, उनले भने, ‘सम्मानको निम्ति आभार व्यक्त गर्न चाहन्छु ।’ साहित्यकार तथा कलाकार सबैको साझा हुने भन्दै उनले स्थानीय र राष्ट्रिय भन्ने नहुने धारणा राखे ।
पुरस्कृत पत्रकार दाहालले सम्मानले पत्रकारितामा निरन्तर लाग्न हौसला मिलेको बताए । दाहाल करिब तीन दशकदेखि पत्रकारितामा सक्रिय रहेका छन् । कार्यक्रममा समाजका कार्यसमिति सदस्य साहित्यकार किसन पौडेलले लेखेको लघुकथा ‘खुसी’को गृह विमोचन समेत गरिएको थियो । 
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार केशवराज आमोदीले साहित्य क्षेत्र अझै राज्यको नजरमा पर्न नसकेको धारणा राखे । भाषा साहित्य, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित २०५६ सालमा स्थापना भएको मातृभूमि साहित्य समाजले साहित्यिक गतिविधिसंगै विभिन्न सम्मान तथा पुरस्कारको व्यवस्थापन र प्रदान समेत गर्दै आएको छ । 
यती फाइनान्स हुँदा २०५९ सालदेखि नै प्रदान गर्दै आएको साहित्य पुरस्कारले अहिलेसम्म निरन्तरता पाउँदै आएको छ । महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीले यस पुरस्कारलाई निरन्तरता दिदै जाने बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1783558380.jpg

२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Bishnu-Poudel_-468_edit_2-1783557944.jpg

२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...

देशभर अधिकांश बादल लाग्ने
Screenshot_20250526_06180-1783557540.jpg

२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...

कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

थप समाचार