२ फागुन, हेटौंडा । झरना साहित्य परिवारले यहि फागुन ८ र ९ गते बकैया कला–साहित्य महोत्सव २०७९ तथा ३० औँ वार्षिकोत्सव कार्यक्रमको आयोजना गभर्ने भएको छ । झरनाले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सव र वार्षिकोत्सव मनाउने बारे जानकारी दिएको हो ।
उक्त अवसरमा झरनाले एक संस्थासहित ११ जनालाई सम्मान वितरण गर्ने भएको छ । संस्थाका सचिव मसान उपासका अनुसार झरनाले विभिन्न विधामा योगदान पु¥याएबापत उनीहरुलाई सम्मान वितरण गर्न लागेको हो ।
झरनाले साहित्यमा योगदान गरेबापत होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७९ बाट डा. जीवेन्द्र देव गिरीलाई नगद २१ हजार १ सय २१ रुपैयाँसहित पुरस्कृत गर्ने भएको छ । यस्तै मुक्तकमा योगदान गरेवापत शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान –२०७९बाट नगद १५ हजार ५५५ रुपैयाँसहित सरु भक्त पुरस्कृत गर्ने हुनेभएका छन् ।
त्यस्तै जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान – २०७९ बाट १५ हजार ५५५ रुपैयाँसहित नवराज शर्मालाई पुरस्कृत गरिने भएको छ । साहित्यिमा योगदान गरेका युवा साहित्यकारलाई प्रदान गरिने नगद ७ हजार ७ सय ७७ राशिसहितको खडानन्द–मनमाया प्रतिभा सम्मान —२०७९ बाट अमला अधिकारीलाई पुरस्कृत गरिने भएको छ ।
झरनाले सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०७९ बाट अनिता न्यौपानेलाई पुरस्कृत गर्ने भएको छ । उक्त पुरस्कारको राशि ७ हजार ७७७ रुपैयाँ रहेको छ । यसैगरी सञ्जीवनी बुटी साहित्य सेवा सम्मान— २०७९ बाट नगद ७ हजार ७७७ सहित कृष्णप्रसाद चौँलागाई, पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान –२०७९बाट नगद ११ हजरा १११ रुपैयाँ सहित भानुभक्त आचार्यलाई पुरस्कृत गरिने सचिव उपसाकले जानकारी दिए ।
यस्तै खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मान –२०७९ बाट नगद ७ हजार ७७७ रुपौयाँ सहित ऋषि केबी र झरना–बकैया नवप्रतिभा पुरस्कार—२०७९ बाट नगद ५ हजार ५ रुपैयाँ राशीसहित कवि स्वस्तिका दाहाल सम्मानित हुनेभएका छन् भने झरनाले बकैया गाउँपालिकाभित्र रहेका बिद्यालयहरुमा भएको साहित्यिक गतिबिधिको आधारमा झरना–महेन्द्र वाल साहित्य समिति र बकैया गाउँपालिकाभित्र रहेका बिद्यालयहरुमा भएको साहित्यिक गतिबिधिको आधारमा प्रभात माविका शिक्षक कुमार स्याङ्वोलाई पनि पुरस्कृत गर्ने सचिव उपासकले बताए ।
झरनाले फागुन ८ गते रचना वाचन, चित्रकला प्रतियोगिता, बकैया बिशेष रचना वाचन कार्यक्रम गर्ने भएको छ भने दोश्रो दिन फागुन ९ गते नवपुस्ता केन्द्रित रचना वाचन कार्यक्रम, चेतनाको विकासमा स्थानीय तहको भूमिका बिषयक बहस, खुल्ला कविता वाचन, गजल मुक्तक वाचन÷गायन तथा सम्मानित स्रष्टाको मन्तव्य र रचना वाचन कार्यक्रम तय गरेको छ ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



