२ फागुन, हेटौंडा । झरना साहित्य परिवारले यहि फागुन ८ र ९ गते बकैया कला–साहित्य महोत्सव २०७९ तथा ३० औँ वार्षिकोत्सव कार्यक्रमको आयोजना गभर्ने भएको छ । झरनाले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सव र वार्षिकोत्सव मनाउने बारे जानकारी दिएको हो ।
उक्त अवसरमा झरनाले एक संस्थासहित ११ जनालाई सम्मान वितरण गर्ने भएको छ । संस्थाका सचिव मसान उपासका अनुसार झरनाले विभिन्न विधामा योगदान पु¥याएबापत उनीहरुलाई सम्मान वितरण गर्न लागेको हो ।
झरनाले साहित्यमा योगदान गरेबापत होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७९ बाट डा. जीवेन्द्र देव गिरीलाई नगद २१ हजार १ सय २१ रुपैयाँसहित पुरस्कृत गर्ने भएको छ । यस्तै मुक्तकमा योगदान गरेवापत शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान –२०७९बाट नगद १५ हजार ५५५ रुपैयाँसहित सरु भक्त पुरस्कृत गर्ने हुनेभएका छन् ।
त्यस्तै जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान – २०७९ बाट १५ हजार ५५५ रुपैयाँसहित नवराज शर्मालाई पुरस्कृत गरिने भएको छ । साहित्यिमा योगदान गरेका युवा साहित्यकारलाई प्रदान गरिने नगद ७ हजार ७ सय ७७ राशिसहितको खडानन्द–मनमाया प्रतिभा सम्मान —२०७९ बाट अमला अधिकारीलाई पुरस्कृत गरिने भएको छ ।
झरनाले सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०७९ बाट अनिता न्यौपानेलाई पुरस्कृत गर्ने भएको छ । उक्त पुरस्कारको राशि ७ हजार ७७७ रुपैयाँ रहेको छ । यसैगरी सञ्जीवनी बुटी साहित्य सेवा सम्मान— २०७९ बाट नगद ७ हजार ७७७ सहित कृष्णप्रसाद चौँलागाई, पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान –२०७९बाट नगद ११ हजरा १११ रुपैयाँ सहित भानुभक्त आचार्यलाई पुरस्कृत गरिने सचिव उपसाकले जानकारी दिए ।
यस्तै खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मान –२०७९ बाट नगद ७ हजार ७७७ रुपौयाँ सहित ऋषि केबी र झरना–बकैया नवप्रतिभा पुरस्कार—२०७९ बाट नगद ५ हजार ५ रुपैयाँ राशीसहित कवि स्वस्तिका दाहाल सम्मानित हुनेभएका छन् भने झरनाले बकैया गाउँपालिकाभित्र रहेका बिद्यालयहरुमा भएको साहित्यिक गतिबिधिको आधारमा झरना–महेन्द्र वाल साहित्य समिति र बकैया गाउँपालिकाभित्र रहेका बिद्यालयहरुमा भएको साहित्यिक गतिबिधिको आधारमा प्रभात माविका शिक्षक कुमार स्याङ्वोलाई पनि पुरस्कृत गर्ने सचिव उपासकले बताए ।
झरनाले फागुन ८ गते रचना वाचन, चित्रकला प्रतियोगिता, बकैया बिशेष रचना वाचन कार्यक्रम गर्ने भएको छ भने दोश्रो दिन फागुन ९ गते नवपुस्ता केन्द्रित रचना वाचन कार्यक्रम, चेतनाको विकासमा स्थानीय तहको भूमिका बिषयक बहस, खुल्ला कविता वाचन, गजल मुक्तक वाचन÷गायन तथा सम्मानित स्रष्टाको मन्तव्य र रचना वाचन कार्यक्रम तय गरेको छ ।
२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...
२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...
२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...
२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...












-1782436668.jpg)





