Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

चौघडा शान्तिटोलको सडकको दायाँबाया फलफूलका विरुवा

415989421_122119779434105-1704205252.jpg

फोटोः भिमसेन पौडेल

१७ पुस, हेटौडा । हेटौडा–६ चौघडामा रहेको शान्तिटोल टोल विकास संस्थाले टोललाई हराबार बनाउन सडकको दायाँबाया विभिन्न प्रकारका फूलको विरुवा रोपेको छ । मंगलबार दिउँसो हेटौडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले वृक्षारोपण गरेर टोल विकास संस्थाको अभियानको सुरुवात गरेकी हुन् । 
वृक्षारोपण कार्यक्रमको थालनिका क्रममा सामाजिक विकास र नगर सौन्दर्य बनाउने कार्यमा आफूले सदैव सहयोग रहने बताईन । उनले शान्तिटोल विकास संस्थाले टोलको विकास, धार्मिक स्थलको संरक्षण गर्नुको साथै टोलबासीहरुको हितमा काम गरेको बताईन । 
कार्यक्रमा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पौडेल,लेखराज ढकाल, भूमि आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुन प्रसाद चौलागाई, दुग्ध विकास बोर्ड बागमती प्रदेशका सञ्चालक सदस्य बासुदेव अधिकारी, रानी सामुदायिक वनका अध्यक्ष विष्णु प्रसाद न्यौपाने, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, विपी गणेशमान स्मृति शान्तिपार्क अध्यक्ष भीमसेन पौडेल, ज्येष्ठ नागरिक वडा मञ्च हेटौडा–६ का अध्यक्ष बासुदेव सापकोटा, मुनलाईट ईन्टरनेशनल स्कूलका प्रवन्ध निर्देशक भरत सापकोटा, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का उपाध्यक्ष रमेश कुमार थापा, नवजीवन ज्योति क्लवका सचिव राजकुमार फुयाँल, टोल विकास संस्थाका सचिव प्रदिप ढुङगाना, कोषाध्यक्ष पूर्णभद्र चौलागाई, स्थानीय लगायतको सहभागिता थियो । कार्यक्रम शान्तिटोल टोल विकास संस्थाका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा सम्पन्न भएको थियो । शान्तिटोल टोल विकास संस्थाले विभिन्न ब्यक्तिहरुको सहयोगमा शान्तिटोल देखि चुच्चेखोला बजार सम्म सडकको दायाँबाया २ सय वटा गमलामा कलवेरी, धूपी, रेक्सोनापाम लगायतका फूलका विरुवाहरु रोपी सडकको सौन्दर्यता बढाउने अभियानको टोलीबालीले खुशी व्यक्त गरेका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

थप समाचार