१३ माघ, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लबको आयोजनामा शनिबार सरसफाई एवं घर नम्बर टाँस कार्यक्रम सम्पन्न भएको छ । क्लबको आयोजनामा चौघडा बजार र रक्षादेवी टोल क्षेत्रमा सरसफाई कार्यक्रम भएको हो ।
क्लबको नमूना टोल निर्माण अभियान अन्तरगत भएको कार्यक्रममा रक्षादेवी टोलका ८७ घरमा घर नम्बर टाँस्ने कामको समेत शुभारम्भ गरिएको छ ।
सरसफाई एवं घर नम्बर टाँस्ने अभियान कार्यक्रममा हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, पूर्व वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, वडा सदस्यहरू लेखराज ढकाल, सरिता सापकोटा, मुना विश्वकर्मा, क्लबका सल्लाहकार श्यामप्रसाद श्रेष्ठ, अध्यक्ष राजकुमार बास्तोला, रक्षादेवी टोल विकास संस्थाका अध्यक्ष रमेश बानियाँ, शान्तिटोल टोल विकास संस्थाका अध्यक्ष केशव धिताल, क्लबका पूर्व एवं वर्तमान कार्यसमिति, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।
रक्षादेवी टोललाई नमूना टोल घोषणा गर्नका लागि चरणबद्ध कार्यक्रम गर्दै आएको बताउँदै क्लबका अध्यक्ष बास्तोलाले समुदायमा सचेतना, सरसफाई, उद्यमशिलता विकास, हरियाली प्रवर्द्धन एवं सौन्दर्यकरण लगायतका काम भइरहेको जानकारी दिए ।
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)















