Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडा भेट्रान्स आजबाट

df-1709600382.jpg

२२ फागुन, हेटौंडा । नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साईड रनिङ शिल्ड फुटबल प्रतियोगिता आज मंगलबारदेखि सुरु हुँदैछ । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हुने प्रतियोगितामा १८ वटा क्लबहरुले सहभागिता जनाउने छन् ।
प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको पिप्ले क्याम्पा रंगशालामा हुने क्लबका क्लबका सचिव कबिन सांगामीे जानकारी दिए । आज बिहान ९ बजेदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको उनको भनाई छ ।
खेलको औपचारिक उद्घाटन भने दिउँसो २ बजे हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले कार्यक्रम रहेको छ । स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा ४५ वर्ष उमेर माथिका पुर्व खेलाडीहरुको सहभागीता रहने रहने छ ।
प्रतियोगिताको पहिलो दिन मंगलबार ५ खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल बिहान ९ बजे नागस्वती भेट्रान्स हेटौंडा र बौद्ध भेट्रान्स काठमाडौं बीच हुनेछ ।  यस्तै दोश्रो खेल अभिषेक चर्च र बानेश्वर फ्रेन्स भेट्रान्सबीच हुनेछ भने तेश्रो खेल थारू भेट्रान्स र पशुपति भेट्रान्स हेटौंडाबीच हुनेछ 
यस्तै प्रतियोगिता अन्तर्गत मंगलबार हुने चौथो खेल चितवन भेट्रान्स र सिमरा भेट्रान्सबीच हुनेछ भने अन्तिम अर्थात पाँचौ खेल दिउँसो २ बजे हेटौडा भेट्रान्स बि र एन जे.जे वाई सि सिमराबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेतले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् ।
२६ गतेसम्म चल्ने प्रतियोगितामा करीब १४ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता संचालनको लागि हेटौंडा उपमहानगरपालिकाबाट चार लाख र हेटौंडा स्कुल अफ म्यानेज्मेन्टबाट एक लाख रुपैयाँ सहयोग प्राप्त भएको र अन्य रकम भने आन्तरीक रुपमा व्यवस्थापन गर्न लागिएको सचिव सांगामीले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार